झापाका एक व्याक्तिमा कोरोना पोजेटिभ, स्वाव परीक्षणका लागि विराटनगर पठाइयो

झापाका एक व्याक्तिमा कोरोना पोजेटिभ, स्वाव परीक्षणका लागि विराटनगर पठाइयो

झापा, झापाका एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । हल्दीबारीका ३० वर्षीय एक पुरुषमा ¥यापिड टेस्ट किट मार्फत २ पटक परीक्षण गर्दा पनि पोजेटिभ पाइएको हो ।

होम क्वारेनटाइनमा रहेका ति युवाको बुधबार आरडिटी मार्फत परीक्षण गरिएको थियो । एक महिना अघि दुवइबाट आएका ति पुरुषमा कोरोना पोजेटिभ देखिएपछि थ्रोट स्वाव परीक्षणका लागि प्रादेशिक अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । ति युवामा कोरोना पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । पोजेटिभ देखिएपनि नआत्तिन अध्यक्ष लिङ्देनले आग्रह गर्नुभएको छ ।

गाउँपालिकामा भारतसहित तेस्रो मुलुकबाट आएका ४८ जनाको आरडिटी किटले परीक्षण गरिएको छ। त्यसमध्ये ११ जनाको स्वाब थप परीक्षणका लागि पठाइएको जनाइएको छ। यता हल्दिबारी २ का दुई जनालाई उच्च ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा बुधबार भर्ना गरिएको छ। उनीहरू नातामा श्रीमान् श्रीमती रहेको जनाइएको छ। दुवै जना करिब डेढ महिनाअघि भारत पुगेर आएका थिए। उनीहरूको थ्रोट स्वाब परीक्षणका लागि विराटनगर पठाइएको अस्पतालले जनाएको छ।

सम्बन्धित खवर