रंगेली अस्पतालमा कोरोना परीक्षण सुरु ६ जनाको रिपोर्ट नेगेटिभ

रंगेली अस्पतालमा कोरोना परीक्षण सुरु ६ जनाको रिपोर्ट नेगेटिभ

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली अस्पतालमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । साता दिन अगाडि भारतबाट आएका ६ जनाको पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको रंगेली अस्पतालका डाक्टर रोहिन्द्र पाण्डेले बताए ।

भारतबाट आएकना ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेनटाइनमा राखिएको थियो । उनिहरु बुधबार ¥यापिड टेसट किट मार्फत परीक्षण गरिएको हो । वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् । बाँकि रहेकालाई समेत परीक्षण पछि नेगेटिभ आए उनिहरुलाई समेत घर फर्काइने डाक्टर पाण्डेले बताए ।

शुक्रबार सम्ममा नगरपालिकाले सबै वडाहरुमा केहि महिना अगाडि बिदेश तथा भारतबाट नेपाल आएका वडा भित्र का ८७ जनालाई परीक्षण गरिने डाक्टर पाण्डेले बताए ।

सम्बन्धित खवर