उदयपुरको लालपत्तामा यात्री साहयता केन्द्र निर्माण

उदयपुरको लालपत्तामा यात्री साहयता केन्द्र निर्माण

 

गाईघाट : कोरोना भाइरस कोभिड–१९ ले विश्वभर रुपमा फैलिए सँगै नेपालमा पनि यस्को संक्रमण देखिएको छ । संक्रमण देखिए सँगै सरकारले उच्च सर्तकता अपनाउँदै चैत ११ गते बाट देशैभर लकडाउन गरेको छ ।

त्यस्तै उदयपुरमा पनि उच्च सर्तकता अपनाउँदै जिल्लाको प्रमुख नाका लालपत्तामा आजबाट विभिन्न विभिन्नबाट पैदल तथा गाडीमा आउने मानिसहरुलाई चेकजाच गर्न र आवश्यक परार्मशका लागी क्वारेन्टाइन बनाइने भएको छ ।

क्वारेन्टाइनमा खाने, बस्ने ब्यवस्था सहित स्वास्थ चेकजाच गरि ज्वरो आउनेलाई क्वारेन्टाइनमा पठाउने नआएकोलाई सम्बन्धित नगरगाउँपालिका लाई जिम्मा दिनेगरि क्वारेन्टाइन र यात्री साहयता केन्द्र निर्माण गरिएको स्थानीय प्रबेश खड्काले बताउनुभयो ।

हिजो मात्रै छिमेकी जिल्ला सप्तरीमा दुई जना कोरोना संक्रमण पुष्टी भए सँगै उदयपुरमा पनि उच्च सतर्कता अप्नाइएको हो । नेपालमा हाल सम्म १६ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

सम्बन्धित खवर