पाकिस्तान र भारतका १९ जमाती सहित ३४ जनाको कोरोना परीक्षण ः सबैको रिपोर्ट नेगेटिभ

पाकिस्तान र भारतका १९ जमाती सहित ३४ जनाको कोरोना परीक्षण ः सबैको रिपोर्ट नेगेटिभ

किरण न्यौपाने, रंगेली

मोरङको विभिन्न मस्जिदमा रहेका पाकिस्तान र भारतका १९ जमाती सहित ३४ जनाको कोरोना परीक्षण गरिएको छ । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जमातीको क्रममा करिव ३ महिना अघि नेपाल आएका उनिहरु लकडाउनसंगै मोरङको धनपालथान गाऊँपालिकामा १० जना भारतीय र सुनवर्षी नगरपालिकामा ९ जना पाकिस्तानी जमातीहरु अलपत्र परेपछी प्रशासनले करिव ३ साता देखि उनिहरुलाई सोही मस्जीदमा क्वरेनटाइन गरेको थियो । १ नं. प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको घुम्ती टोलीले ¥यापिड डाईनोष्टीक टेस्ट (आरडिटि) गर्दा उनिहरुको रिपोर्ट नेगेटिभ आएको हो । हाल उनिहरुलाई सोही स्थानको मस्जिदमा राखीएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी प्रकाशचन्द्र कार्कीले उनिहरुको परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जानकारी दिदै हाल मोरङ जिल्ला सहित १ नम्बर प्रदेशमा ¥यापिड डाईनोष्टीक टेस्टलाई तिब्रता दिएको बताए ।

रोजगारीको शिलसिलामा भारतबाट फर्किएका १५ जना नेपालीहरुको रिपोर्ट समेत नेगेटिभ देखिएको छ । लकडाउनको क्रममा अबैध रुपमा नेपाल प्रवेश गरेका उनिहरुलाई प्रशासनले मोरङको विभिन्न स्थानमा क्वारेनटाइन गरेको थियो । स्वास्थ्य चौकी अमरदहमा ८ जना, रंगेली अस्पतालमा ३ जना तथा होम क्वारेनटाइनमा रहेका ३ जना र स्वस्थ्य चौकी कर्सियामा १ जना गरी १५ जनालाई क्वारेनटाइन गरिएको थियो । उनिहरु मध्ये रंगेली अस्पतालमा बसेका ३ जनालाई घर पठाएको रंगेली अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर