आरडिटी परीक्षण गर्दा चितवनमा एकजनालाई कोरोना पोजेटिभ देखियो

आरडिटी परीक्षण गर्दा चितवनमा एकजनालाई कोरोना पोजेटिभ देखियो

चितवन : र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा चितवनमा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ।

चितवनको पूर्वी रत्‍ननगर नगरपालिकास्थित गुञ्‍जमान सिंह अस्पतालमा गरिएको र्‍यापिड टेस्टबाट एकजनालाई कोरोना भाइरस पोजेटिभ देखिएको अस्पतालका प्रशासक मोहन खड्काले बताएका छन्।

र्‍यापिड टेस्टबाट पोजेटिभ देखापछि ती पुरुषलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। कोरोना देखिएका ती पुरुष फागुन ३० गते दक्षिण कोरियाबाट आएको खुलेको छ। तर ती पुरुषमा कोरोनाक लक्षण नदेखिएको अस्पतालले जनाएको छ। पोजेटिभ देखाएपछि थप परीक्षणका लागि थ्रोट स्वाब भरतपुरको कोभिड १९ परीक्षण प्रयोगशाला पठाइएको खड्काले बताए।

यसअघि आरडीटी विधिबाटै काठमाडौंको सनसिटी अपार्टेमन्टमा तीनजना, काभ्रे र सप्तरीमा दुई दुईजनालाई कोरोना पोजेटिभ देखाएको थियो। त्यसैगरी धादिङ र गोरखामा पनि एकएकजनालाई आरडीटी विधिको परीक्षणले कोरोना देखाएको थियो।

सम्बन्धित खवर