सनसिटी ब्लक ‘ए’ को परीक्षण सकियो, २ सय ९६ जनाको रिपोर्ट नेगेटिभ

सनसिटी ब्लक ‘ए’ को परीक्षण सकियो, २ सय ९६ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’को परीक्षण सकिएको छ । बुधबार बिहानदेखि शुरु गरिएको कोरोनाभाइरस (कोभिड–१९) को परीक्षण सकिएको हो ।

अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २ सय ९६ जनाको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएको छ । भने परीक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजेटिभ नदेखिएको स्वास्थ्य सेवा विभागबाट आएका चिकित्सकले जानकारी दिएका छन् ।

नगरपालिकाका मेयर कृष्णहरि थापाका अनुसार संक्रमित परिवारको घरमा काम गर्ने दुई युवकको पनि रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु पहिलोपटक नेगेटिभ आएपछि दोस्रोपटक पनि परीक्षण गरिएको थियो । डाक्टरले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

वैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परिक्षण गर्दा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीन जनाको परिक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनीहरुको पीसीआरबाट परीक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । ५२ वर्षीया बुहारीको रिपोर्ट भने निगेटिभ आएको थियो ।

गत चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका उनीहरुको अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर