पथरी, मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । बुधबारबाट सुरु भएको पहिलो चरणको परीक्षणमा हाल सम्मको नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।
नगरमा होम क्वारेनटाइनमा रहेका २३ जनाको परीक्षण नगर अस्पतालमा भइरहेको हो । नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको आचार्यले जानकारी दिनुभयो । २३ जनाको नै सम्भव भएसम्म आज नै टेस्ट सम्पन्न गर्ने तयारी रहेको छ । परीक्षणमा आएका मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनिहरु मध्ये १ जना महिलाको अझै थप परीक्षणका लागि थ्रोट स्वाब पनि संकलन गरिएको छ ।
नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् । बाँकी १ जनाको पनि आज परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने आचार्यले बताउनुभयो ।
भिडियो सहित