उदयपुरमा लकडाउनको अवज्ञा गर्ने व्यक्ति कार्वाहीमा

उदयपुरमा लकडाउनको अवज्ञा गर्ने व्यक्ति कार्वाहीमा

 

उदयपुरमा ‘लकडाउन’को २१ दिन सम्म उल्लघन गरी चलाइएका ६४१ वटा सवारीसाधन र १०३ जना व्यक्ति कार्वाहीमा परेका छन।

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ११ गते मंगलबारदेखि देशभर ’लकडाउन’ घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले ’लकडाउन’ अवज्ञा गरी चलाइएका ठूला तथा साना गाडीहरू १५६ वटा, मोटरसाइकल र स्कुटर ४९१, अटो १२ वटा र साइकल १२२ र सवारीसाधनका चाबी १४५ वटा १०३ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

एसपी वीरबहादुर बुढामगरका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। चैत २९ गते बाट लकडाउन उल्लघंन गरेर बिनाका हिड्डुल गर्नेलाई समेत प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको छ। गत्त शनिवार देखी प्रहरीले लकडाउन उल्लघंन गर्ने १०३ जनालाई नियन्त्रणमा लिइ कार्वाही गरेको एसपी बुढामगरले बताए।

प्रहरीले लकडाउनको अवधिभर अनावश्यक हिडडुल र सवारीसाधन नचलाउन आग्रह गर्दै माइकिङ समेत गरेको छ।धेरै जसो सवारीसाधन मान्छेहरुलाई गाईघाटको पिपलचौक, मुख्यचौक, टेम्पोचौक, बसपार्क क्षेत्रबाट धेरैजसो सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लकडाउनको पहिलो र दास्रो दिनमा नियन्त्रणमा लिएको सवारीसाधनलाई सामान्य अनुसन्धान पछि छाडिएको र पछिला दिनहरुमा नियन्त्रण लिएको सवारीसाधनलाई लकडाउन पछि मात्र छोडिने जिप्रकाका डिएसपी हरीकृष्ण केसीले बताए। उनका अनुसार मानिसहरुलाई भने दिनभर नियन्त्रणमा लिएर साझमा छोडिने गरेको छ।

सम्बन्धित खवर