साहारा नेपालद्वार रतुवामाई नगरपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री सहयोग

साहारा नेपालद्वार रतुवामाई नगरपालिकालाई ५० हजार बराबरको खाद्य सामाग्री सहयोग

बैशाख २, इटहरा :

कोरोना भाइरस कोभिड –१९ का कारण विश्वभर महामारी फैलिए सँगै नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणा लागी देशभर लकडाउन गरेको छ ।

लकडाउन सँगै दैनिक ज्याला मजदुर गरेर खाने विपन्न परिवारलाई समस्या परेको भन्दै मोरङको रतुवामाई नगरपालिकाको साहारा नेपाल साकोस सेवा केन्द्र भौडाहा र सिजुवाले संयुक्तरुपमा ५० हजार बराबरको खाद्यन्न सामाग्री नगरपालिकालाई सहयोग गरेका छन् । ।

इलाका कार्यलय विराटनगरका प्रमुख यादवकुमार बस्नेत , सेवा केन्द्र भौडाहा र सिजुवाका प्रमुख चन्दुलाल बिश्वास र लोकनाथ भट्टराईले नगर प्रमुख रविन राईलाई मंगलबार नगरपालिकालाई उक्त खाद्यन्न सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस न्युनिकरणका लागि सरकारले गरेको लकडाउनको समयमा अतिविपन्न परिवारमा खाद्यन्न संकट सिर्जना हुने संभावना देखिएपछि संस्थाले आफ्नो कार्य क्षेत्रमा सहयोग गरेको इलाका प्रबन्धक यादवकुमार बस्नेतले जानकारी दिनुभयो ।

संस्थाले मोरङसँगै झापा, इलाम, पाँचथर र उदयपुरका विभिन्न स्थानीय तहहरुमा राहात सामाग्री वितरण गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

झापाको चारपानेमा केन्द्रीय कार्यलय रहेको यस संस्थाले प्रदेश नम्बर १ को कोशी अस्पताल विराटनगरले सञ्चालन गरेको क्वारेनटाइन केन्द्रलाई समेत १ महिनालाई पुग्ने गरी खाद्य सामाग्री वितरण गरेको सेवा केन्द्र भौडाहाका प्रमुख चन्दुलाल विश्वासले जानकारी दिनुभयो ।

सहारा नेपालले मंगलबार सुनबर्षी नगरपालिकालाई पनि ५० हजार बराबरको खाद्यन्न सामाग्री हस्तान्तरण गरेको थियो । संस्थाले केही दिन अघि मोरङको कटाहरी र जहदा गाँउपालिकामा राहत सामाग्री वितरण गरेको पनि इलाका प्रमुख बस्नेतले बताउनुभयो ।

सम्बन्धित खवर