भुटानी शरणार्थी परिवारलाई खाद्यान्न सहयाेग

भुटानी शरणार्थी परिवारलाई खाद्यान्न सहयाेग

पथरी, सरकारले गरेको ‘लकडाउन’का कारण खाद्यान्न समस्यामा परेका पथरीशनिश्चरे स्थित भुटानी शरणार्थी शिवीरका सय घर परिवारलाई शैक्षिक अभियान समुहले खाद्यान्न सहयाेग गरेको छ ।

भुटानी शरणार्थी शिवीरमा रहेका सय घर परिवारकालाई चामल,तेल,नुन,सावुन, सोयाविन र मास्क वितरण गरिएको हो । अभियानका अभियान्ता मैया रार्ईले आफ्ना स्वर्गिय बुवा ठङ्गा बहादुर राईको स्मृतीमा १ लाख १५ हजार रुपैयाँ अभियान समुहलाई उपलव्ध गराएपछि शिविर भित्रका अति निम्न परिवारलाई सो रकम बराबरकाे खाद्यान्न लगायतका सामाग्री उपलव्ध गराइएको अभियानका संयोजक प्रदिप कुमार राईले जानकारी दिए ।

शैक्षिक अभियान समुहले शरणार्थी शिवीरका सचिव चम्पासिंह राईको समन्वयमा शिविर भित्रका अपाङ्ग,असक्त,एकल सदस्य रहेका,आइ ओम एमबाट विदेश नगएका परिवारको तथ्याङ्क संकलन गरेर राहत वितरण गरेको हो ।

राहत वितरण कार्य विभिन्न पालिकाहरुले गरिरहेको बेला दुई दशक अघि बाट पथरीशनिश्चरे १० मा बसोबास गरिरहेको भुटानी शरणार्थीलाई भने कसैले राहत पुर्रयाएका थिएनन् । राहत नपाएका उनीहरु ‘लकडाउन’कै कारण श्रम गर्न नपाउदा समस्यामा परेका थिए ।

भुटानी शरणार्थीलाई लकडाउनले पारेको समस्यका विषयमा कपुरी न्युज डटकममा समाचार समेत प्रकाशित भएको थियो । कपुरी न्युजमा समाचार प्रकाशित भएपछि शरणार्थी शिवीरका शरणार्थीलाई राहत वितरणका लागी  विभिन्न सामाजिक संस्थाले चासो देखाएका थिए ।

शैक्षिक अभियान समुहले पथरीशनिश्चरे भित्रका विभिन्न विद्यालयमा शैक्षीक विकासका लागी विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर