काङ्ग्रेसद्वारा उदयपुरमा राहत

काङ्ग्रेसद्वारा उदयपुरमा राहत

उदयपुर । लक डाउनले असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गरेर खाने मजदुरलाई समस्या परि रहेको अवस्थामा नेपाली कांग्रेस त्रियुगा नगर समितिले संकलन गरेको राहत त्रियुगा नगरपालिकालाई सोमवार हस्तातरण गरेको छ । काग्रेस नगर समितिले कोषमा संकलित रकमबाट त्रियुगा नगरपालिका उदयपुरलाई ६० क्विन्टल चामल सहयोग हस्ताणन्तरण गरेको हो ।

नेपाली कांग्रेस त्रियुगा नगर समितिले संकलन गरेको राहत त्रियुगा नगरपालिकालाई हस्तातरण गरेको छ । काग्रेस नगर समितिले कोषमा संकलित रकमबाट त्रियुगा नगरपालिका उदयपुरलाई २ लाख ४० हजार मुल्य बराबरको ६० क्विन्टल चामल सहयोग हस्ताणन्तरण गरेको हो ।
नेपाली कांग्रेस त्रियुगा नगर समितिका सभापति सरोजकुमार बस्नेतको संयोजकत्वमा गठित नगर स्तरीय राहत कोषमा संकलन भएको सहयोग रकमबाट नगरपालिकालाई ६० क्विन्टल चामल हस्ताणन्तरण गरेका हुन । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले आव्हान गरेको लक डाउनका कारण दैनिक ज्यालादारी गरे जिविका चलाउने मजदुर परिवारका लागि भन्दै राहत स्वरुप चामल हस्ताणतरण गरेको कांग्रेस नगर सभापति बस्नेतले जानकारी दिए । मुलुक विषयम परिस्तिथीबाट गुज्रेकाले सबै क्षेत्रबाट सहयोग संकलन गरी सरकारले बनाएको एकद्धार निति मार्फत सहयोग हस्ताणतरण गरिएको बस्नेतले जानकारी दिए ।

काङ्ग्रेसद्वारा उदयपुरमा राहत  बुझ्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले भने, ‘त्रियुगा नगरपालिकालाई सहयोग गर्ने पहिलो राजनैतिक दल नेपाली कांग्रेस भएकाले यस्तो परिस्तिथीमा सहयोग गर्ने प्रति नगरपालिका हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । त्रियुगा नगरपालिकामा राहात सहयोग गर्ने नेपाली कांग्रेस पहिलो राजनैतिक पार्टी भएको छ ।’

त्रियुगा नगरपालिकाले बिभिन्न वडामा गरि ५ हजार २ सय घरधुरीलाई राहत बितरण गरेको छ । लक डाउनबाट प्रभाबितहरुलाई उदयपुरको त्रियुगा नगरपालिकाले अति बिपन्न र दैनिक ज्याला मजदुरी गरेर जीवीकोपार्जन गर्ने घरपरिवारलाई राहत वितरण गर्दै आएको छ ।

नगरपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर १ देखि १६ सम्मका असंगठित अति बिपन्न दैनिक ज्याला मजदुरी गरि खानेहरुलाई राहत दिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए । कोरोना भाईरसका कारण लागू गरिएको (लकडाउन) को प्रत्येक्ष असर परेकालाई राहतको निम्ति खाद्यान्न वितरणको कार्यक्रम ल्याएको नगर प्रमुख चौधरीको भनाई रहेको छ ।

राहत बितरणका निम्ति टोल बिकास संस्थाले गरेको सिफारिसमा परेको घर परिवारलाई प्रति व्यक्ति १० केजी चामल, १ किलोग्राम दाल, १ किलोग्राम नुन, ५ सय मिलिलिटर खाने तेल दिदै आएको नगर प्रमुख चौधरीले जानकारी दिए । त्रियुगा नगरपालिकालाई विभिन्न व्यक्तिहरुले पनि सहयोग गरी रहेकाले यसबाट नगर क्षेत्रमा दैनिक ज्यालादारी गर्ने परिवारलाई राहत पुग्ने नगर उप प्रमुख देवीकुमारी चौधरीले बताईन ।

सम्बन्धित खवर