रुखबाट लडेर एक जनाको मृत्यु

रुखबाट लडेर एक जनाको मृत्यु

 

उदयपुर । जिल्लाको बेलका नगरपालिका ५ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानीय दल बहादुर राई जामुनको रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।

सोमबार बिहानै पख गाईवस्तुलाई घाँस काट्न हिडेको राई १५ फिट अग्लो रुखबाट खसेको स्थानीयहरुले बताएका छन् । राई हातमा खुकुरी र दाब सहित घोप्टो परेर लडिरहेको अवस्थामा फेला परेको स्थनीयले बताए । राई जंगलबाट ढिलो गरेपछि घर तथा स्थानीयहरुले खोजी कार्य गर्दै जाँदा मृत अबस्थामा फेला परेको थियो । मृतक राईलाई पोष्टमाटमको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

सम्बन्धित खवर