सिरहामा प्रहरी र स्थानीयबिच झडप

सिरहामा प्रहरी र स्थानीयबिच झडप

राजेन्द्र महतो, लहान : सिरहाको सिरहा नगरपालिका–१७ पटेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ।

स्थानीयले लकडाउन उल्लंघन गर्न खोजेपछि सोमबार साँझ प्रहरीको टोलीले सडकमा रहेका स्थानीय रामकुमार यादवलाई कुटेपछि झड्प सुरु भएको हो । स्थानीयहरुले प्रहरीको भ्यानमा ढुङामुढा र लट्टी प्रहार गरेका थिए ।

स्थानीयको ढुङामुढावाट जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरे लगायत चारजना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर गरेको छ ।

लकडाउन पालना गराउन गएको प्रहरीमाथि अचानक ढुंगामुढा भएपछि स्थिति नियन्त्रणमा लिन २३ राउन्ड हवाई फायर गर्नुपरेको सिरहाका एसपी उमाप्रसाद चुतुर्वेदीले बताए। स्थिति नियन्त्रणमा लिई ढुंगामुढामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।

सम्बन्धित खवर