बजार लैजान नपाएपछि बारीमै कुहिँदै सब्जी

बजार लैजान नपाएपछि बारीमै कुहिँदै सब्जी

भीमराज अधिकारी, पथरी

किसानले उत्पादन गरेको सब्जी बजार लैजान नपाएपछि बारीमै कुहिन थालेको छ । बजार लैजान तयारी अवस्थामा रहेको बन्दा, भेन्डि, टमाटर, साग, प्याज लगाएतका सब्जी बारीमै कुहिएका हुन् ।

मोरङ पथरी शनिश्चरे ५ जयनगरका कृषक मनोज कुमार शाहले १० कट्ठामा लगाएको सब्जी बारीमै कुहिएको छ । करिब ४ कट्ठामा बन्दा र बाँकीमा लटेको साग, भेन्डि, प्याज रहेको छ । बन्दामा मात्रै प्रति कट्ठा घटिमा पनि १० क्विटल भन्दा वढि उत्पादन हुने गरेको शाहले बताउनुभयो । प्रति कट्ठा १० हजार भन्दा वढि आम्दानी हुने बन्दा यतिबेला बारिमा त्यसै कुहिन थालेको छ । यो वर्ष बन्दाबाट मात्रै शाहले ४ लाख माथिको आम्दानी गर्ने सोच राख्नु भएको थियो । साँढे तिन महिनामा उत्पादन हुने बन्दाको बजार भाउ निकै कम हुन्छ र लगानी पनि खासै वढि नहुने शाहले बताउनुभयो । शाहसंग यो वर्ष ग्रिन क्रन्ट र लोकल टि ६२१ जातको बन्दा रहेको छ ।

अढाइ कट्ठामा भिनर र पाली हाइब्रेड जातको भेन्डि लगाउनुभएको छ शाहले । भेन्डि ४५ दिनमा नै तयार हुन्छ तर बन्दाको भन्दा लगानी बढि हुने शाहले बताउनुभयो । भेन्टिको फल लागेको ३ दिनमा टिप्ने समय हुन्छ । समयमा टिप्न नसके त्यसै खेर जाने भएकाले बजार तत्काल पु¥याउनुपर्ने हुन्छ । पहिला दैनिक २ क्विन्टल माथि खपत हुदैँ आएको सब्जी अहिले बजार लैजान नपाउदा बारीमा थन्किएको हो । प्याज, टमाटर, साग सबै बारीमा थन्किएपछि भोकमरी लाग्ने चिन्ता शाह परिवारलाई परेको छ । १७ जनाको परिवारमा २ जना भाइहरु काठमाडौँ तिर बस्ने र अरु सबैजना घरमा नै बस्ने भएकाले सबैले सब्जी खेतीमा समय दिने गरेका छन् ।

५ नं. वडामा अर्जुन राजवंशी, हरि राजवंहशी, बालकृष्ण, भूमा, धन बहादुर लगाएत प्रत्येक किसानले १० कट्ठा माथि सब्जी लगाएका छन् । बजार नपाएपछि उनिहरु सबै चिन्तित बनेका छन् । सिजनमा उत्पादन हुने बालीले बजार नपाएपछि साउँ पनि ढुब्ने अवस्थामा पुगेको छ ।

किसानलाई मारमा पर्ने भएकाले नगरसंग छलफल गरेर सब्जी बजार पठाउन समन्वय गर्ने वडा सदस्य रेवत बस्नेतले बताउनुभयो । बजारमा सब्जीको अभाव र गाउँमा किसानको सब्जी त्यसै थन्किने अवस्था भएपछि वडाले पनि समन्वय गरेर विकल्प खोज्ने बस्नेतले बताउनुभयो । नगरको सब्जीको भण्डारका रुपमा हसन्दह क्षेत्रलाई चिनिन्छ । ५ नं. वडामा मात्रै यो सिजनमा २० विगाहा भन्ढा वढिमा सब्जी खेती गरिएको बस्नेतले बताउनुभयो । लकडाउनका कारण आवतजावतमा समस्या भएपछि किसानहरु प्रत्यक्ष मारमा परेका छन् ।

सम्बन्धित खवर