कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख १६ हजार नाघ्यो

कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक लाख १६ हजार नाघ्यो

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या एक लाख १६ हजार नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर १ लाख १६ हजार ४ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १८ लाख ७१ हजार ८ सय ९६ जना संक्रमित छन् । भने उपचार पछि ४ लाख ३४ हजार २ सय ९८ जना घर फर्केका छन।

सबैभन्दा बढी अमेरिकामा २२ हजार १ सय १५ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ५ लाख ६० हजार ४ सय ३३ जना संक्रमित छन् । इटलीमा १९ हजार ८ सय ९९ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ १ लाख ५६ हजार ६३ जना संक्रमित छन्।

त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको सङ्ख्या १७ हजार ४ सय ८१ जना पुगेको छ । स्पेनपछि फ्रान्समा सबैभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर