अनेरास्ववियुद्वारा प्रदेश नं १ लाई ७० सेट पिपिइ सहयोग

अनेरास्ववियुद्वारा प्रदेश नं १ लाई ७० सेट पिपिइ सहयोग

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिको विद्यार्थी संगठन अनेरास्ववियू मोरङले आज प्रदेश १ का मुख्यमन्त्री मार्फत कोरोना भाइरसको सक्रमण, रोकथाम तथा उपचारको फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागी आवश्यक व्यत्तिगत सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्रीको कार्यलयमा आज साविक अनेरास्ववियुको केन्द्रिय उपाध्यक्ष सुनिता बरालको समन्वयमा जिल्ला कमिटिलाई प्राप्त भएको ७० सेट पिपिइ हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री शेरधन राई तथा प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे समेतको उपस्थिीतामा पिपिइ हस्तान्तरण गरिएको हो ।

नेपालमा नै उत्पादन गरिएको उक्त पिपिइ यस विषम परिस्थतीमा बजारमा समेत अभाव भइरहेको अवस्थामा काठमाडौँका उत्पादक सँग समन्वयमा प्राप्त भएको अनेरास्ववियू मोरङका संयोजक सन्तोष घिमिरेले बताए । पिपिइ हस्तान्तरण गर्न सुनिता बराल, अनेरास्ववियु निर्वाचन आयोगका अध्यक्ष भाष्कर खनाल, केन्द्रिय सदस्यहरु गोकर्ण घिमिरे, ताजिम अन्सारी, जिल्ला संयोजक घिमिरेको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर