सिन्धुलीमा काङ्ग्रेसले बाँड्यो राहत

सिन्धुलीमा काङ्ग्रेसले बाँड्यो राहत

सिन्धुली : नेपाली काँग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिले दुधौली नगरपालिका विपन्न परिवारलाई राहतका साथै विभिन्न स्थानमा मास्क वितरण गरेको छ ।

समाजसेवीहरू बालकृष्ण गुरुङ, अमर (हेम) गुरुङ र घनश्याम गुरुङको विशेष सहयोगमा दुधौली नगरपालिका वडा नम्बर १४ मा एक हजार एक सय साबुन र माक्स वितरण गरिएको जनाइएको छ ।

सिन्धुली–काठमाडौं सम्पर्क समितिका सभापति बिदुर वाइबाको समन्वयमा खाद्यान्न राहतका साथै मास्क, साबुनसहितका सहायता वितरण गरिएको सम्पर्क समितिले जनाएको छ । समितिका प्रवक्ता राजेन्द्र कार्कीका अनुसार, सम्पर्क समितिका उप–सभापति युवराज गुरुङ र सह–सचिव बलराम कार्कीको नेतृत्वमा सहायता विरतण गरिएको हो ।

त्यस्तै गोलञ्जारका विभिन्न क्षेत्रमा बाल्टिन, बाटा र साबुनको व्यवस्था गरि दिएको छ । नेपाली काँग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिका सदस्य सविन घिमिरेको नेतृत्वमा गोलञ्जारका विभिन्न स्थानमा पानीसहित बाल्टिन, बाटा र सावन राख्ने काम भएको छ ।

गोलन्जोर गाउँपालिकाको वडा नम्बर १,२,३,६,७ का विभिन्न सार्बजनिक ठाँउहरु प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत सार्वजनिक स्थानमा पानी र सावुनसहित बाल्टिन राख्ने कार्य गरिएको छ ।

सम्बन्धित खवर