पचुलाल माझी मुसहरको नेतृत्वमा भोरको नयां कार्यसमिती चयन

पचुलाल माझी मुसहरको नेतृत्वमा भोरको नयां कार्यसमिती चयन

 

भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाले अगामी तीन वर्षको लागि नयां कार्यकारी समितीे चयन गरेको छ ।

विगत एक दसक देखि सामाजिक, सांस्कृतिक तथा आर्थिक मुद्धामा विभिन्न अभियानहरु संचालन गरि रहेको सामाजिक संस्था भोरले केही हप्ता अगाडी सम्मन्न गरेको महाधिवेशनबाट अगामी तीन वर्षको लागि नयां कार्यकारी समिती चयन गरेको हो ।

लोकतान्त्रिक विधी, मुल्य मान्यता तथा सुशासनको सिद्धान्त अनुसार संस्थाको नेतृत्व परिवर्तन आवश्यक रहेकोले चन्द्रनगर गांउपालिका, सर्लाही, प्रदेश २, नेपालको पर्यटकीय स्थल नाढी तालमा सम्पन्न भएको भोरको महाधिवेशनले पचुलाल माझी मुसहरको नेतृत्वमा ११ सदस्सीय नयां कार्यसमिती चयन गरेको हो ।

त्यसतै उपाध्यक्षहरुमा मिथिलेश गुप्ता र चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषअध्यक्षमा उमेश कुमार शाह चयन हुनु भएको छ । सुरेश बिडारी, नित्यानन्द मण्डल, अर्जुन श्रेष्ठ, मुस्कान खातुन र राजेश राम सदस्य रहनु भएको छ ।

त्यसै गरी भोरका अन्य साधारण सदस्यहरु स्वेता मिश्र, वीर बहादुर महतो, विनय मण्डल, रोहवाना खातुन, अनिता रानी मण्डल, विभा न्यौपाने, सलिता सदा, खुशबु नेशा रहनु भएको छ । त्यस्तै राज कुमार महतो संस्थापक हुनुहुन्छ ।

भोरले प्रत्येक तीन वर्षमा महाधिवेशनको बेला पछाडी पारिएको वर्ग, समाज, देश र प्रकृतिको सेवा गर्न इच्छुक, प्रतिबध र सकारात्मक सोच भएका केही व्यक्तिहरुलाई साधारण सदस्यता प्रदान गर्ने गरेको छ । त्यसै अनुरुप २०७६ फागुनमा सम्पन्न भोरको महाधिवेशनले धनुषाका नित्यानन्द मण्डल, सप्तरीकी सलिता सदा, रौतहटका राजेश राम, पर्साकी खुशवु नेशा र मुस्कान खातुन गरी पांच जना व्यक्तित्वहरुलाई भोरको साधारण सदस्यता प्रदान गरीएको हो ।

भोरले विगत एक दसक देखि संचालन गरिरहेको अभियानहरुमा अहिले सम्म प्राप्त उपलब्धि, सिकाई, देश र समाजमा परिवर्तीत अवस्थालाई मध्यनजर गरी परिमार्जन गरिएको छ जसलाई नयां दसक २०२० – २०३० सम्म परिवर्तीत रुपमा संचालन गरिने छ । साथै नयां दसक २०२० – २०३० को लागि भोरले तीन वटा नयां अभियान घोषण गरेको छ । महाधिवेशनबाट चयन भएको नयां कार्यकारी समितीले परिमार्जित ७ अभियान र ३ नयां अभियानलाई अनुमोदन गरेको छ । नव निर्वाचित कार्यकारी समितीको पदावधि २०७७ वैशाख १ गते देखि २०७९ चैत्र ३० गते सम्म तीन वर्षका लागि हुनेछ ।

सम्बन्धित खवर