कोरोना अपडेट : बागलुङमा भेटियो अर्का एक जनामा कोरोना पोजेटिभ

कोरोना अपडेट : बागलुङमा भेटियो अर्का एक जनामा कोरोना पोजेटिभ

 

बागलुङमा र्‍यापिड टेस्ट किटमार्फत गरिएको कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएको छ।

आइतबार गरिएको नमुना परीक्षणमा एकजना महिलाको नमुना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजुले बताए। ‘बागलुङमा आरडिटीमार्फत गरिएको परीक्षणमा एक जना महिलाको कोरोना संक्रमण पोजेटिभ देखिएका कारण पिसिआर प्रविधिबाट परिक्षण गर्नको लागि पोखरा वा काठमाडौं पठाउने तयारी गरिरहेका छौँ’, उनले भने।

जनस्वास्थ्य अधिकृत सुरज गुरौका अनुसार आरडिटी परिक्षणमा देखिदैंमा संक्रमण भएरनभएको भन्न मिल्दैन। उनले भने, ‘आरडिटीमा गरिएको परीक्षणलाई आधार मान्न मिल्दैन। त्यसलार्य थप पुष्टि गर्नको लागि स्वाबको संकलन गरेर पोखरा पठाउँने तयारी गर्दै छौं।’ भोलि स्वाबलाई थप परीक्षणका लागि पोखरा उठाईने उनले बताए।

‘आरडिटीमा आएको नजितालाई पिसिआर प्रविधिबाट परीक्षण गरेपछि मात्रै संक्रमण भएनभएको भन्ने कुराको पुष्टि हुन्छु, गुरौले भने, ‘अहिलेको नजिताले संक्रमण भएको भन्ने होइन। थप परीक्षणको लागि भोलि स्वाब पोखरा पठाउँदै छौं।’

आरडिटीमा पोजेटिभ देखिएपनि पिसिआरबाट परिक्षण गरेर मात्रै कोरोना संक्रमण भएरनभएको भन्ने पुष्टि हुने जनस्वास्थ्य महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खवर