पथरी शनिश्चरेमा राहत सामग्री थपिदै

पथरी शनिश्चरेमा राहत सामग्री थपिदै

पथरी, कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि मोरङको पथरी शनिश्चरे नगर क्षेत्रभित्र खाद्यान्न राहत संकलन हुने क्रम पनि बढेको छ ।

यस क्रममा पछिल्लो पटक आज पथरीशनिश्चरे २ को रेडस्टार बोर्डिङ र ३ को किरात एकेडेमीले संयुक्त रुपमा १ हजार केजी चामल, २ सय ५० केजी नून र १२ सेट व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरेको छ ।

यसअघि पथरी जेसीजले ५ सय केजी चामल नगरको राहत समितिलाई प्रदान गरेको छ । नेपाली कांग्रेस ९ नम्वर वडा समितिले ४ सय ५० केजी चामल, २० लिटर तेल र ८ केजी दाल उपलब्ध गराएको छ । सोही वडाका समाजसेवी भूपाल पाण्डेले १ सय केजी चामल, मनोज खाध स्टोरका प्रोप्राइटर मनोज गुप्ताले २५ केजी चामल र ५० केजी नून उपलब्ध गराएको ९ नम्वरस्थित वडा राहत समितिले जनाएको छ । यस अघि वडा नम्वर ९ मा ७ सय किलोग्राम चामल, ५ लिटर खानेतेल, १० किलो नून वडावासीबाट संकलन भएको थियो ।

यसैगरी, वडा नम्वर १० स्थित भूल्के पशुपति सामुदायिक वन उपभोक्ता समूहले ५० हजार मुल्य बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ । ६ सय ७५ केजी चामल, ५० केजी दाल, ५० लिटर खानेतेल, ५० केजी नून र १ सय वटा साबुन उपलब्ध गराएको छ ।

यसअघि सोही वडाको ओमसिआर जम्बुलिङ बज्र गुम्बाले १० नम्वर वडा कार्यालयमार्फत २० हजार रुपैयाँ बराबरको खाद्यान्न राहत उपलब्ध गराएको छ । जसमा, ३ सय किलोग्राम चामल, १,१ केजीका ३० पोका दाल, आधालिटरको ३० पोका तेल, ३० केजी नून र ३० वटा साबुन रहेको छ ।

पथरीशनिश्चरे १० का समाजसेवी युवा प्रेम ढकाल र श्रीमती मञ्जु ढकालले १० हजार मुल्य बराबरको २ सय ५० केजी चामल यसअघि वडा समितिमा हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच, पथरीशनिश्चरे १ स्थित ‘विशाल सहयोगी मन’को तर्फबाट संयोजक धनकुमार तामाङले ५ सय केजी चामल नगरको राहत समितिलाई हस्तान्तरण गर्नुभयो ।

यसैगरी, ४ नम्वर वडामा ध्रुवकुमार बराइलीबाट १ सय किलोग्राम चामल, प्रतिज्ञा विश्वास मण्डलीबाट १ सय ५० पोका नून र संयुक्त वडास्तरीय महिला समितिबाट ७५ किलोग्राम चामल, १ काटन तेल हस्तान्तरण भएको थियो ।

यसैगरी, राष्ट्यि युवा संघले शनिश्चरे स्वास्थ्य चौकीका लागि २ थान पीपीइ सेट प्रदान गरेको छ ।

नेपाली कांग्रेस ६ नम्वर वडा समितिले २ हजार थान मास्क वडाको राहत समितिलाई हस्तान्तरण गरेको छ । १० नम्वर वडाध्यक्ष सागर राई र उहाँका बुबा गुल्सन राईको सहकार्यमा वडामा ४ हजार मास्क वितरण गरिएको छ । कार्यपालिका सदस्य मैनादेवी फूयाँल आचार्यले सयौं मास्क आफैंले सिलाउनु भएको छ । यस क्रममा उहाँले १ सय वटा मास्क १० नम्वरमा रहेका भूटानी शरणार्थीहरुलाई वितरण गर्नुभएको छ ।

सम्बन्धित खवर