लकडाउन उल्लंघन गर्नेलाई घाममा तताईयो

लकडाउन उल्लंघन गर्नेलाई घाममा तताईयो

उदयपुर : उदयपुरमा प्रहरीले सक्रियता बढाउदै लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिने दिनभर तातो घाममा राखेर सजाय दिएको छ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु अनावश्यक बाहिर हिड्डुल गरे पछि प्रहरीले कडाई गरेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरले लकडाउन उल्लंघनलार्ई शनिबारबाट कडाइका साथ यो अभियान सुरु गरिएको उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभयो।

अभियान सुरु गरेकै दिन सदरमुकाम गाईघाटको बिभिन्न स्थानहरुबाट ३२ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए।

अत्यावश्यक काम भएकाले भने त्यसबारे प्रहरीलाई जानकारी गराएर आफ्नो काम गर्न सक्ने छन। अहिले पक्राउ परेका ३२ जनालाई नै जिल्ला प्रहरी कार्यालय उदयपुरको फिल्डमा राखिएको छ।

उनीहरुलाई सम्झाईबुझाई गरेर साँझ छाडिने समेत एसपी बुढामगरले बताए। अरु दिनको तुलनामा आज निकै कडाई गर्नुका साथै प्रहरीले बिहानै देखी घर बाहिर ननिस्कन भन्दै माएकिङ गर्दै हिडेको थियो।

सम्बन्धित खवर