हलो जोत्दै सांसद

हलो जोत्दै सांसद

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण सिंगो देश लकडाउन भएको छ । लकडाउनकै कारण दैनिक ज्यालादारी काम गरी खानेहरुले रोजीरोटी गुमाएका छन् । यो बेला पहाडी भेगका कृषकहरूका लागि खेती लगाउने समय पनि हो । लकडाउनको समयमा धेरै जनप्रतिनिधिहरु कोरोना त्रासका कारण कुना पसेका छन् । धेरै जनप्रतिधि र राजनीतिक दलका अगुवाहरु अहिले जनता घरमा थुनिएर बसेका छन् ।

तर, तेह्रथुमबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ गाउँ फर्किएर खेती लगाउन व्यस्त छन् । मेन्छ्यायेम गाउँपालिकास्थित आफ्नै बारीमा हलो जोत्दै गरेको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले देशलाई लकडाउन गर्नु केही दिन अघि देखी नै सांषद खापुङ जिल्ला फर्किएर गाउँमा आफ्ना मतदाता संगै काममा व्यस्त छन् ।

खेतीबाली लगाउन उनी आफै अहिले हलो जोतीरहेका छन् । ‘संषद वन्द भएपछि गाउँमा जनता संगै काम गरीरहेको छु’ सांसद खापुङले भने ‘गाउँमा वस्दा जनताका दुख बुझ्ने मौका पनि पाएको छु ।’जनता मर्कामा परेका बेला धेरै जनप्रतिनिधी र दलका नेताहरु कोठा भित्रै मौन बसिरहेका बेला सांषद खापुङ भने गाउँघरतिर जनताका घरैदैलो सम्म नै पुगेर उनीहरुका समस्या वुझीरहेका छन् ।

कृषि कर्ममा रमाउने गरेका सांषद खापुङ तेह्रथुम बाट दुई पटक सम्म संघिय सांषदमा निर्वाचीत भएका व्यक्ति हुन् । सांषद खापुङको जीवन शैली पनि एकदमै सरल छ । उनी जिल्ला बाट काठमाडौं ओहोर दोहोर गर्दा पनि सार्वजनीक यातायातमै यात्रा गर्छन् । संषद स्थगित भए लगत्तै जिल्ला आएर जनताका सुख दुख र विकास निर्माणमा खटीने गरेका सांषद खापुङ जिल्लामा सादा जीवन विताउने नेताका रुपमा समेत परिचित छन् ।

सम्बन्धित खवर