सांसद विकास कोषबाट कोरोना राहतका लागि सांसद राईले ५ लाख दिने

सांसद विकास कोषबाट कोरोना राहतका लागि सांसद राईले ५ लाख दिने

पथरी, प्रदेश १ का सांसद सुयर्माराज राईले कोरोना राहतका लागि ५ लाख दिने हुनुभएको छ । मोरङ क्षेत्र नं. ३ क बाट निर्वाचित सांसद राईले आफ्नो सांसद विकास कोषको बजेटबाट सहयोग गर्ने जानकारी दिनुभएको हो ।

आफ्नो क्षेत्रमा पर्ने ३ वटा पालिका (बेलबारी, कानेपोखरी र पथरी शनिश्चरे) का १४ वटै वडामा पुग्ने गरी पठाउने राईले बताउनुभयो । सो क्षेत्रका गरिब, विपन्न, मजदुरहरुलाई राहत र स्वास्थ्य सहयोगका लागि खर्च गर्ने गरी पठाइने राईले बताउनुभयो । प्रत्येक वडाको संचित कोषमा जम्मा हुनेगरी प्रदेश सरकारलाई निर्णय गर्न लगाउने राइले बताउनुभयो । राईले भन्नुभयो ‘सरकारले निर्णय गर्नुपर्ने रहेछ । जतिचाँडो निर्णय हुन्छ त्यति नै चाँडो रकम जम्मा हुन्छ । सकेसम्म चाँडै गर्ने कोसिस गर्दै छु ।’

राईले किसाने उत्पादन गरेका कुखुरा, सब्जी लगाएतलाई यथासक्य चाडो व्यवस्थापन गर्ने कुरामा पनि ध्यानाकर्षण गराउनुभएको छ । कृषि नै सबैभन्दा भरपर्दो र अत्यावश्यक भएकाले कृषिमा आवश्यक मल, खाधको पनि व्यवस्थापनमा राल्न राईले अनुरोध गर्नुभएको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाबाट बच्ने एउटै मात्र उत्तम उपाए घरमा बस्नु भएकाले सरकाले जारी गरेको लकडाउनको समयमा सबैले घरमा बसेर स्वस्थ्य लाभ गर्न पनि राईले अनुरोध गर्नुभएको छ । राई नेपाली कांग्रेस प्रदेश १ का सचेतक समेत हुनुहुन्छ ।

सम्बन्धित खवर