किरण न्यौपाने, रंगेली
मोरङ्गको रंगेली नगरपालिकाले लकडाउनका कारण जनजिवन प्रभावित हुदै गएपछी दैनिक मजदुरी गरि खादै आएका परिवारहरुलाई राहत वितरण थालेको छ । रंगेली नगरपालिकाले नगरका ९ वटै वडाका ८ हजार ७ सय ६८ घर परिवारलाई राहत वितरण थालेको हो ।
नगरपालिकाले प्रत्येक परिवारलाई सर्वदलिय समिति सहित जनप्रतिनिधी मार्फत घर घरमै राहत वितरण सामाग्री उपल्वध गराएको छ । रंगेली नगरपालिकाले प्रत्येक परिवारलाई १५ केजी चामल २ केजी दाल, १ केजी चिनि, १ लिटर खानेतेल, एक प्याकेट नुन र दुई थान सावुन उपल्वध गराउदै आएको छ ।
रंगेली नगरपालिका अनुसार हाल रंगेली नगरपालिकाको वडा नं. ३, ७, ६, ५ र ४ मा राहत वितरण सकिएको जनाएको छ । केही वडाहरुमा वितरणको अन्तीम चरणमा रहेको जानकारी दिएको छ । रंगेली नगरपालिकाले सर्वदलिय बैठक र विपद व्यवस्थापनको बैठक राखेर सर्वदलिय समिति र जनप्रतिनिधि मार्फत राहत पाउनेहरुको नामावली संकलन गरेको थियो ।
कम तौल प्रति आशंका
रंगेलीमा राहत वितरण कार्य शुरु भएसंगै गुनासो समेत आउन थालेका छन् । केही युवाहरुले राहत वितरणको नाममा नगरपालिकाले कम तौलको राहत सामाग्री उपल्वध गराएको आरोप लगाएका छन् । स्थानिय युवा अमिष कोइरालाले नगरपालिकाले उपल्वध गराएको चालम र दालमा २ सय ग्राम सम्म कम तौल भएको बताए । उनले भने राहत वितरण गरेको सामाना नाप्दा आफुले कम तौल पाएको बताए । उनले जनतालाई उपल्वध गराएको राहत सामाग्रीमा २ सय देखि ७ सय ग्राम सम्म कम तौल भएको बताए ।।
खरिद गरेको र वितरण गरेको विवरण सार्वजनिक गर्छौँ ः नगरपालिका
यता रंगेली नगरपालिका योजना शाखा प्रमुख कृष्ण भट्टराईले १५ केजी दरका चामलका प्याकेट फयाक्ट्री बाटै आएकाले उक्त प्याकेट नापतौल गर्दा कुनै कमि नदेखिएको र वितरण गर्दा गुनासो आएपछी पुनः चालमको प्याकेट नाप्दा पनि कमि नदेखिएको स्पष्ट पार्दै ओसारपोसार गर्दा कुनै प्याकेटबाट २०/२५ ग्राम झरेर कमि देखिएको हुनसक्ने स्पष्ट पारे । उनले भने दालको सवालमा बोरा–बोरा दाल खरिद गरेर ल्याइएकाले तराजुमा नापेर प्याक गर्दा ढिलो प्याकिङ्ग हुने हुदा करिव २ केजी जाने जगले एक–एक जग सबैलाई दाल उपल्वध गराएकाले कसैलाई धेरै कसैलाई थोर भएको हुन सक्ने बताउदै सो कुरा पहिले नै सर्वदलिय बैठकमा समेत जानकारी गराइएकाले हामीले खरिद गरेर ल्याएको दालको बोराले पोका संख्या बढेको हुदा नगरपालिकाले खरिद गरेर ल्याएको सामानको विवरण र कति परिवारलाई वितरण गरीयो भनेर आम नागरिकहरुमा सार्वजनिक गरिने बताए ।
दैनिक मजदुरी गर्नेको गुनासो, सक्षमले पनि लिए राहत
सरकारले दैनिक मजदुरी गरी खानेहरुका लागि राहत उपलब्ध गराएता पनि हुनेखानेले समेत राहत लिएको दैनिक मजदुरी गरी खानेहरुले गुनासो गरेका छन् । रंगेली नगरपालिका वडा नं. ७ का एक मजदुरले राहत नामावली संकलनमा यथार्थ मजदुरी गरी खाने व्यतिmहरु भन्दा नेताका आफन्त र सक्षम व्यतिmहरु बढी रहेको बताएका छन् । उनले खेतीपाती भएका, पसल व्यापार गरी आएका सहित वैदेशिक रोजगारीमा गएका परिवारहरु र नेताको पहुचका समेतले रंगेलीमा राहत लिइरहेको आरोप लगाए । रंगेलीमा जनप्रतिनिधि सहित सर्वदलीय समितिले नामावली संकलन गरेका थिए । यता नगरका दर्जनौँ परिवारले स्वःघोषण गर्दै राहत नबुझी फिर्ता समेत गरेका छन् ।