कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो

 

कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या एक लाख नाघेको छ ।

कोभिड–१९ कोरोना भाइरसले विश्वभर १ लाख २ हजार ६ सय ८७ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित छन् । भने उपचार पछि ३ लाख ७६ हजार १ सय ९ जना घर फर्केका छन।

सबैभन्दा बढी इटलीमा १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १८ हजार ७ सय १९ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ५ लाख २ हजार ४९ जना संक्रमित छन्।

त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको सङ्ख्या १६ हजार ८१ जना पुगेको छ । स्पेनपछि फ्रान्समा सबैभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ १३ हजार १ सय ९७ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना भाईरसबाट ९ जना संक्रमित भएका थिए । जसमध्ये एकको उपचार सफल भएको छ । संक्रमित व्यक्तिहरु अहिले पनि उपचाररत छन् ।नेपालमा हालसम्म कोरोना भाईरसबाट कसैको मृत्यु भएको छैन ।

सम्बन्धित खवर