३ हजार २ सय ९५ जना होम क्वारेन्टाइनमा

३ हजार २ सय ९५ जना होम क्वारेन्टाइनमा

मोरङ, प्रेदश नं. १ मा हाल सम्म ३ हजार २ सय ९५ जना होम क्वारेनटाइनमा रहेको मुख्य मन्त्रि शेरधन राईले बताउनुभएको छ । शुक्रबार साँझ राईले भिडियो शन्देश मार्फत सो कुरा जानकारी गराउनुभएको हो ।

२ सय ६१ ठाउँमा ४ हजार १ सय ९८ वटा क्वारेन्टाइन बेडरहेको र सो क्वारेनटाइनमा ६ सय ८ जना रहेको राईले बताउनुभयो । कोरोना विरुद्धको लडाइमा रहेको बताउँदै मुख्यमन्त्री राईले आज सम्म १ सय ८० जनाको ‘थ्रोट स्वाब’ संकलन गरिएकोमा १ सय ५२ जनाको रिपोर्ट नेगेटिभ देखिएको बताउनुभयो । उपलब्ध अत्यावश्यक सामाग्रीहरु सबै ठाउँमा पठाइएको बताउँदै राईले ४८ स्थानमा ८ सय ३२ आइसोलेसन बेड बनेको, ४४ बेड संख्याको आइसीयू तयार भएको जानकारी दिनुभयो ।

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा कुल १२ करोड ८७ लाख ६६ हजार ६ सय ५३ रुपैयाँ जम्मा भएको पनि राईले जानकारी दिनुभयो।

कोरोना विशेष ताजा अपडेट दिदै मुख्यमन्त्री शेरधन राईले कोशी अस्पताल विराटनगरबाट न्युनतम प्रत्येक दिन ९६ जनाको परीक्षण गर्ने ल्याब सञ्चालनमा आएको बताउनुभयो । यस्तै धरानबाट पनि दिनमा १२ जनाको दरले स्वाब टेष्ट भइरहेको राईले बताउनुभयो ।

सम्बन्धित खवर