अध्यक्षको मनोमानी, आफ्ना मान्छे नभएकाले योजनाको सिफारिस नै दिएनन्

अध्यक्षको मनोमानी, आफ्ना मान्छे नभएकाले योजनाको सिफारिस नै दिएनन्

भीमराज अधिकारी, पथरी

आफुले भनेका मान्छे उपभोक्ता समितिमा नराखेको भनेर अध्यक्षले फरफराकको सिफारिस नै नदिएको पाइएको छ । मोरङ पथरी शनिश्चरे वडा नं. ४ का अध्यक्ष गोविन्द बहादुर भण्डारीले यसरी जानाजान दुःख दिने गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा नगरको योजनामा ‘‘वडा नम्बर ४ को साकेला थान सिरिसे डाडा’’ शीर्षकमा विनियोजन भएको रकमबाट योजना संचालन भएको थियो । सो योजनाको उपभोक्ता समितिमा आफुलाई थाहा नदिएको, आफुले भनेको मान्छे नराखेको भनेर अध्यक्ष भण्डारीले ८ दिन सम्म झुलाएर अन्त्यमा सिफारिस नै नदिएको उपभोक्ता समितिका अध्यक्ष उमेश कुमार राईले बताए । नगरले सो योजनाका लागि ४ लाख ७० हजार विनियोजन गरेको थियो ।

‘योजनामा इन्जिनियरले सबैकुरा पास गरेपछि फरफराकका लागि वडामा सिफारिस लिन जाँदा अध्यक्षले दिन्छु दिन्छु भनेर ८ दिन झुलाए । दिन्न पनि नभन्ने सिफारिस पनि नदिने गरेर झुलाएर राखेपछि भण्डारीको नियत गलत रहेछ भन्ने लाग्यो ।’ राईले भने ‘आठौँ दिन वडामा गएर किन नदिने सिफरिस ? तपाइलाई हामिले नै जिताएको हो, काम राम्रो छैन् भने यहाँ भएन भनेर भन्नुप¥यो हैन भने सिफारिस दिनु भन्दा वडा अध्यक्षलाई थर्काउने ? म को हो थाहा छ ? सरकारी मान्छे हुँ अहिले पुलिस बोलाएर पठाउँ कि बाहिर जाने भनेर थर्काए पछि म निस्केर नगरपालिका गएँ र मेयरले आफै पहल गरेर फरफराक गरे । हेर्नु यस्तो हाम्रा अध्यक्षको कुरा, अन्य योजनाहरुमा पनि आफ्ना मान्छे भएन भने कामै नगर्दिने बानी छ अरे भन्छन् सबैले ।’

यस्तै दुःख दिएको मुनाल राईको पनि गुनासो छ । सरस्वती मार्गका लागि प्रदेसबाट ४५ लाख रुपैयाको योजना परेको थियो । बाटो ग्राभेल गर्नका लागि परेको सो योजनाको उपभोक्ता समिति गठनका बेला अध्यक्ष भण्डारीले आफ्नो निकटका राज कुमार विश्वकर्मालाई राख्ने प्रस्ताव गरेको र सो प्रस्ताव नस्वीकार्दा सिफरिस गर्ने नमाने राईले बताए । ‘आफ्ना मान्छे राख्न मरिहत्ते गरेपछि हामीले मानेनौँ त्यसपछि उपभोक्ता समिति गठन हुदैँन भनेर आएका मान्छेलाई पनि भाँडेर भण्डारी बाटो लागेपछि फेरी मेयरसंग सल्लाह गरेर अर्को दिन गठन ग¥यौँ । हरेक योजनामा आफ्ना मान्छे राख्ने प्रस्ताव ल्याउछन् खै के हो कुनी, हामीले टाढाका मान्छे किन राख्नु बाटोसंग सम्बन्धित मान्छे मात्रै राखौँ भन्दा रिसाए ।’ राईले भने ‘म उपाध्यक्ष थिए, पछि फरफराकको समयमा पनि सिफारिस नदिएर पटक पटक धाउदा धाउदा खै हाम्रो अध्यक्षले (उपभोक्ता समिति) कसरी ल्याँए भन्दै हुनुहुन्थ्यो ।’ आफैले काँधमा बोकेर जिताएका अध्यक्षले यस्तो व्यवहार देखाएपछि निरास भएको राईले बताउनुभयो ।

वडा अध्यक्षलाई रिपोटिङकै क्रममा भेट भएको थियो । सो विषयमा बुझ्न खोज्दा अध्यक्ष भण्डारी हतार हतार कुनै उतर नै नदिइ बाटो लागे । राहत बाँढ्ने कुरामा पनि मनोमानी गरेको भनेर स्थानीय भन्दै गर्दा भण्डारी बिना उतर बाटो लागे ।

सम्बन्धित खवर