२६ जना विदेशी पर्यटक मुस्ताङमा लकडाउन हुनुभन्दा पूवै नै मुस्ताङ भ्रमणमा पुगेका विभिन्न देशका २६ जना पर्यटक मुस्ताङमा नै रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।
उनीहरु आफ्नो देशभन्दा नेपालमा नै सुरक्षित हुने भन्दै मुस्ताङका विभिन्न होटेलहरुमा दुईतीन जनाका दरले बसेका छन्। मुस्ताङमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरु पनि पर्याप्त रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
लकडाउनको समयमा खाद्यान्न, औषधि र बिरामी बोकेका सवारीसाधन, एम्बुलेन्स र सुरक्षाका सवारीहरु भने चलेका छन्। यस्तै ज्याला, मजदुरी गरेर खाने तथा विपन्न परिवारलाई राहत दिनका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलन गरी राहत वितरणको काम अगाडि बढाएको जनाइएको छ।




