कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभरमा मृत्यु हुँनेको संख्या ९५ हजार नाघेको छ ।
कोभिड–१९ कोरोना भाइरसले विश्वभर ९५ हजार ६ सय ८५ जनाले ज्यान गुमाइसकेका छन्। यो समाचार तयार पार्दासम्म विश्वभर १६ लाख २ हजार ८ सय ९९ जना संक्रमित छन् । भने उपचार पछि ३ लाख ५६ हजार २ सय ८३ जना घर फर्केका छन।
सबैभन्दा बढी इटलीमा १८ हजार २ सय ७९ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १६ हजार ६ सय ९१ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ ४ लाख ६८ हजार ५ सय ६६ जना संक्रमित छन्।