भिरबाट लडेर बेलकाका एक व्यक्तिको मृत्यु

भिरबाट लडेर बेलकाका एक व्यक्तिको मृत्यु

संखुवासभाको पाँचखपनमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका ३ का ३५ वर्षीय पदमबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो।

बिहीबार ससुराली घर पाँचखपन नगरपालिका ६ बाट मामा ससुराको घर जौवारी जाने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक राईले बताउनुभयो। उनी लकडाउन भन्दा केही समय अघि मात्र संखुवासभा ससुराली घर आएको थिए। राईको घटनास्थलमै मृत्यु भएको वाना प्रहरीले जनाएको छ।

सम्बन्धित खवर