वडा अध्यक्ष भण्डारीको बद्नीयत, एकल वृद्धालाई समेत दिएनन् राहत

वडा अध्यक्ष भण्डारीको बद्नीयत, एकल वृद्धालाई समेत दिएनन् राहत

भिमराज अधिकारी, पथरी

वडा अध्यक्षको बद्नीयतका कारण एकल महिलाले समेत राहत नपाएको गुनासो आएको छ । मोरङको पथरी शनिश्चरे ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले एकल वृद्धालाई राहत नदिएका हुन् ।

सरकारी जागिर भएका, विदेशमा परिवारको सदस्य भएका, सामाजिक सुरक्षा भत्ता बुझ्दै गरेकाहरुलाई राहत नदिने हुइप जारी गरिएको थियो । वडामा राहत वितरण गर्नका लागि ४ वटा केन्द्रमा विभाजन गरिएको थियो । जनकल्याण आधारभूत विद्यालयमा राहतका लागि ३ बजेतिर सामाग्री झरेको स्थानीयहरुले बताए । राहत वितरणका क्रममा स्थानीय ६८ वर्षीय वृद्धा गोमादेवी थापाले आफुलाई पनि राहत दिन अनुरोध गर्दा भत्ता पाउनेलाई नदिने भनेर पठाएको बताउनुभयो । घरमा केही पनि नभएकी एकल महिलाको बाँसघारी छेउमा झुप्रो घर रहेको छ । ‘खानेकुरा केही छैन् बरु मेरो भत्ता आएपछि उतै काटिदिनु, म बुढाबुढी मान्छे टाढा गएर किन्न पनि सक्दिन यहिँको चामल दिनु भनेको राहत बाँढ्नेहरुले पाउदिनौँ तिमिले भनेर हप्काए’ थापाले भन्नुभयो ‘घरमा एक्लै छु । छोराबुहारी कोही छैन् । खाने चामल पनि छैन् । भत्ता पाउने अरुले ता लगेत अनि मैले चाहिँ किन नपाउने ?’

सोही राहत वितरणका क्रममा थापालाई पनि राहत दिनुपर्छ भन्दा अध्यक्ष भण्डारीले इलाकामा लगेर एकरात थुनाएको स्थानीय घनश्याम राईले बताए । ‘हामीले राहत हामिलाई देउ भनेको पनि हैन् । ति थापा आमै जस्को कोही छैन् त्यस्तालाई दिनुपर्छ नभए यहाँबाट राहत उठाउन नदिने भन्दा पुलि बोलाएर इलाका लगियो ।’ राइले बने  ‘कसैले नराम्रो बोलेको पनि थिएन । हाम्रो माग गरिब जनतालाई राहत दिनुपर्छ भन्दा अध्यक्षले दादागिरी देखाउनु भयो ।’

रहेको राहत सामग्री सोही विद्यालयमा राख्ने भनेर स्थानीयहरुले कागजमा सहिछाप गरिसकेको थियो । एकछिनमा वडा अध्यक्ष आएर सबै राहत वडा नै लानुपर्छ भनेपछि स्थानीयले हामी वडामा लान दिदैनौँ यहि राख्नु पर्छ भन्दा अध्यक्षले प्रहरी बोलाएको प्रत्यक्षदर्शी गोमा काकीले बताइन् । कार्कीले भनिन् ‘हुनेखानेले पाउने हो की गरिब मजदुरहरुले पाउने हो ? यहाँ त डेढ दुई विगाहा जग्गा हुनेले पनि राहत लगे । कसैले मोटरसाइकलमा, कसैले के मा सबै अध्यक्षको आसेपासे हुनपर्ने राहत पाउनलाई कि खै के हो ।’

अध्यक्षसंगको पुरानो रिसिइबी साँध्नका लागि युवाहरुलाई इलाका पठाएको स्थानीयले आरोप लगाएका छन् । मौका कुरेर बसेका अध्यक्षले राहत वितरणमा युवासंघका युवाहरुले अवरोध गरे भनेर आरोप लगाएर चौकी पठाएका हुन् । भण्डारीले राहतको जिम्मा वडा सदस्यहरुलाई दिएको भनेर जिम्मेवारीबाट पन्छिने गरेका छन् । फोनमा भण्डारीलाई सम्पर्क गर्दा आफु व्यस्त भएकाले १, २ दिन पछि मात्रै कुरा गर्ने बताए ।

सम्बन्धित खवर