युवा संघले दियो स्वास्थ्यकर्मीलाई पिपिई

युवा संघले दियो स्वास्थ्यकर्मीलाई पिपिई

डम्बर सिन्चिउरी, जाँते

राष्ट्रिय युवा संघ लेटाङ्गले माहामारीकोरुपमा विस्वभर फैलिरहेको कोभिड १९ कोरोना भाईरसबाट सुरक्षित रहन स्वास्थ्यकर्मीलाई आवस्यक पर्ने व्यक्तिगत सुरक्षा सामाग्री (पिपिई) प्रदान गरेको छ । लेटाङ्ग ८ मा अवस्थित जाँते स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई हिजो पीपीई प्रदान गरेको हो ।

केहि दिन अघि मात्र संघले लेटाङ्ग स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीका लागि प्रदान गरेको पाँच सेट पिपिई मध्येबाट दुई सेट छुट्याएर जाँतेमा वितरण गरिएको युवासंघ मोरङ्गका जिल्ला सदस्य एवं लेटाङ्ग संयोजक इन्द्र ढकालले जानकारी दिाएका छन् । संयोजक ढकालका अनुसार लेटाङ्गका स्वास्थ्यकर्मीलाई केन्द्रबाट समेत पिपिई उपलब्ध भएको तर जाँतेमा भने हालसम्म कसैले पिपिई उपलब्ध नगराएको र विना पिपिई जाँतेमा कार्यरत स्वास्थ्यकर्मी जोखिमपुर्ण सेवा दिईरहेकाले युवा संघले पीपीई उपलब्ध गराएको ढकालले बताए ।

उक्त अवसरमा युवा संघ लेटाङ्ग द्वारा दुई सेट पिपिई र १ सय सेट मेडिकल पञ्जा स्वास्थ्यचौकि मै पुगेर हस्तान्तरण गरिएको हो । जाँते स्वास्थ्य चौकीका स्वास्थ्य सहायक नवराज कार्कीलाई हस्तान्त्रण गरेको युवासंघका जिल्ला सदस्य ठगिन्द्र मंगरातीले बताए ।

भिडभाडको अवस्थालाई मध्यनजर गरी संघका दुईजना प्रतिनिधि मात्रै उक्त अवसरमा उपस्थित भएर गरिएको कार्य प्रती स्थानिय वडाध्यक्ष भिम पोख्रेलले खुसी व्यक्त गर्दै संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष पोख्रेलले यसबाट स्वास्थ्यकर्मी पनि सुरक्षित हुन सक्ने साथै बिरामीले समेत सुरक्षित सेवा पाउने भएकाले संघ द्वारा आगामि दिनमा समेत स्वास्थ्य केन्द्रलाई अझ ठुला सहयोगको अपेक्षा गरिएको बताएका छन् ।

यसै गरी पिपिई ग्रहण गर्दै स्वास्थ्य सहायक कार्कीले समेत खुसी व्यक्त गर्नुभएको छ । कार्कीले यस भन्दा अघि सरकारी माध्यमबाट प्राप्त भएको पिपिई अति कमसल भएको र अहिले संघ द्वारा प्राप्त पिपिई भने धेरै गुणा बलियो खालको हुनुको साथै पटक पटक धुन मिल्ने खालको भएको साथै लामो समय सम्म प्रयोग गर्न मिल्ने भएकोले पनि संघ धन्यवादको पात्र बन्न सकेको बताएका छन् ।

सम्बन्धित खवर