राहत वितरणमा लापर्वाही, करोडको सम्पती हुनेले पनि राहत पाए

राहत वितरणमा लापर्वाही, करोडको सम्पती हुनेले पनि राहत पाए

भिमराज अधिकारी, पथरी

राहत वितरणमा व्यापक आलोचना भइरहँदा करोडौँको सम्पती हुनेले पनि चामलको बोरा बोेक्ने गरेको पाइएको छ । मोरङको पथरी शनिश्चरे नगरले वितरण गरिरहेको राहतमा यस्तो लापर्वाही पाइएको हो ।

नगरले प्रत्येक वडाबाट राहत पाउनेको नामावली संकलन गरेर वडा वडामा राहत सामग्री झारेको थियो । हरेक वडामा ३, ४ वटा केन्द्र बनाएर राहत वितरण गरियो । प्रत्येक केन्द्रमा राहतका लागि आउनेको संख्या सयजना भन्दा माथिको भिड थियो । यसरी झन भिड गरेर राहत बाड्दा लकडाउन उलङ्घनसंगै भाइरस सर्ने झन ोखिम बढेको स्वंम वडा अध्यक्षहरुले नै बताइ रहेका छन् । घरघरमा गाढी रिजर्व गरेर राहत पु¥याउनुपर्छ भन्दा नगरले नमानेको वडा नं. ५ का अध्यक्ष जोग बहादुर धिमालले बताउनुभयो । नगरले एकद्वार प्रणालीमा वितरण गरेको राहत लिनका लागि आउनेको खचाखच भिडले कतैपनि सामाजिक दुरी कार्यम गरेको पाइएन । यसले झन संक्रमणको दर बढ्ने छ । अध्यक्ष धिमाल भन्नुहुन्छ ‘यदि एकजालाई मात्रै कोरोना लागेको रहेछ भने राहत लिन आउने सबै सखाप हुन्छन् । हाम्रो कुरा नगरले मान्दैन के गर्नु ?’ आफुले ट्याकट्रर, राहत बाँढ्नका लागि युवाहरु पनि खटाइदिन्छु भन्दा पनि खै वास्तै नगरेर नाटक देखाए, वडा नं. ५ कै महेश थापाले भन्नुभयो ।

राहत लिनेको नमावलीमा करोड माथिको सम्पती भएका मान्छेहरु पनि परेको गुनासो आइरहेको छ । ‘वडाले सबै जनतालाई बराबर हेर्ने हो । तिमिले राहत लिनु हुदैन भन्दा पनि आफै गरिबी देखार, लाजै पचार राहत माग्दै आउछन् भने के गर्नु मैले ?’ धिमालले भन्नुभयो ।
राहत लिन मोटरसाइकल लिएर आउने, १ विगाहा खेतमा धान लगाएका, लाखौँ रुपैयाको कारोबार गर्नेहरु पनि राहतका लागि आएको स्थानीयको गुनासो छ । यसैगरी वडा नं. ६ मा घरमा २ वटा ट्याक्टर, २ विगाहा जग्गा भएका मानिसले पनि राहत पाएको तर मजदुरहरुले नपाएको भनेर फोनहरु आउनेक्रम पनि निरन्तर छ ।

वडा नं. ४ मा मजदुरले राहत नपाएको तर २ तले घरभएका पनि राहतका लागि आएको वडा सदस्यहरुले नै बताइरहेका छन् । वडा नं. ४ मा राहत दिनुपरो भनेर वडाभरी दिनभर कुदेका मजदुरलाई वडा अध्यक्षले प्रहरी चौकीमा १ रात थुनाएको भनेर पिडितहरुले बताइरहेका छन् । २ नं. वडामा पनि साच्चिकै गरिबी भएकाले अझै राहत पाउन नसकेको गुनासो आइरहेको छ ।

आफ्नै छिमेकीहरुसंगको सम्बन्ध विग्रने भएकाले सूचना दिनेहरुले पनि नाम खुलाउन चाहिरहेका छैनन् । यि त केही नमुनाहरु मात्रै हुन् । राहतको हरेक क्षेत्रमा समस्या देखिएको गुनासाहरु आउने क्रममा छ । यो पहिलो चरणको राहत प्याकेज भएकाले छुटेका राहत पाउनुपर्ने व्याक्तिहरुले दास्रो चरणमा राहत पाउने जनप्रतिनिधिहरुले बताउदै आएका छन् ।

सम्बन्धित खवर