एकसातादेखि भोकै हिंडेका १२ मजदुरलाई प्रहरी जवान नविन दाहालले खाना खुवाए

एकसातादेखि भोकै हिंडेका १२ मजदुरलाई प्रहरी जवान नविन दाहालले खाना खुवाए

सोलुखुम्बुको सोलु बेनी हाईड्रो पावरमा काम गर्ने सप्तरी र सिरहा घर भएका १२ मजदुर सोलुखुम्बुदेखि उदयपुरको कटारी नगरपालिकाको घुर्मीसम्म पैदल घुर्मीदेखि अनुमति पास लिएको युपी ११ टी५०६८ नम्बरको ट्रकमा भोकभोकै सोमबार कटारी आईपुगेका थिए । लकडाउनले समस्या भएपछी घर फर्केका उनीहरुलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका जवान नविन दाहालले चेकजाँचका क्रममा एकसातादेखि खाना खान नपाएको थाहा पाएपछी चिउरा,चाउचाउ र दालमोड र पानी ख्वाउनुभएको छ ।

सोलुखुम्बु ओखलढुंगाका सवै होटल पसलहरु बन्द रहेकाले उनीहरु एकसातादेखि भोकभोकै पैदलै र घुर्मीदेखि ट्रकमा कटारी आईपुगेको उनीहरुले बताएका थिए । पैदल हिंड्दा हिंड्दै खुट्टा सुन्निएको अवस्थामा आईपुगेका उनीहरुलाई प्रहरी जवान नविन दाहालले मानविय नाताले ख्वाएको बताउनुभयो । ‘ट्रकको ढालामा आएका उनीहरुलाई सोधखोज गर्दा एकसातादेखि खाना नखाई आईपुगेको बताएपछी आफुले चिउरा,खाजा ख्वाएँ ।’दाहालले भन्नुभयो –‘सोधखोज पछी डिएसपी सरलाई जानकारी समेत गराएँ र खुवाएको हुँ ।’

कटारी स्थित चेकजाँच स्थानमै उनीहरुलाई दाहालले चिउरा,चाउचाउ,दालमोठ पानी ख्वाउनुभएको थियो । खाना खाईसकेपछी उनीहरुलाई कोरोना सम्बन्धि सचेतना दिंदै कटारीबाट पैदलै घर पठाईएको पनि दाहालले बताउनुभयो । एकसातापछी खाना खान पाएपछी खुसी देखिएका उनीहरुले जवान दाहाललाई धन्यवाद दिएका थिए ।


सोलुखुम्बुबाट लकडाउनले अलपत्र अवस्थामा भोकै कटारी आईपुग्ने मजदुरहरुमा सप्तरी बोदेवर्साइनका १८ वर्षिय उदयपाल , २२ वर्षिय सरोज चौधरी , ४० वर्षिय सत्यनारायण पाल , १८ वर्षिय वेचु राम , १९ वर्षिय अशोक चौधरी , सप्तरीकै रुपनीका २९ वर्षिय भुपेन्द्र चौधरी सितापुरका १८ वर्षिय पशुपती चौधरी रहेका थिए । त्यसैगरी सिरहा धनगढीका २७ वर्षिय जिवक्षलाल चौधरी , सुखिपुरका २० वर्षिय दिपरञ्जन चौधरी , कंचनपुरका ४६ वर्षिय रामश्रेष्ठ चौधरी २४ वर्षिय रामेश्वर साह र २७ वर्षिय जुगेश्वर कुमार साह रहेका थिए ।

 

सम्बन्धित खवर