वडाध्यक्षको दादागिरी, राहत माग्न गएका श्रमिकलाई पठाए प्रहरी खोरमा

वडाध्यक्षको दादागिरी, राहत माग्न गएका श्रमिकलाई पठाए प्रहरी खोरमा

अर्जुन काफ्ले, पथरी

पथरी शनिश्चरे ४ का नवराज तामाङ्ग मंगलवार विहान इलाका प्रहरी कार्यालयमा भन्दै थिए राहत लिन गएको म अहिले सम्म भोकै छु । राहत त के पाइयो र बरु उल्टै एक रात प्रहरी खोरमा वस्नु प¥यो । उनी मात्र हैन पथरी शनिश्चरे ४ कै पुर्ण वहादुर राई, घनश्याम राई, टिकाराम थापा र धनवहादुर थापाले राहत बाँड्न अवरोध गरेको वडाअध्यक्षको उजुरी पछि इलाका प्रहरी कार्यालय पथरीमा रात काट्नु प¥यो ।

नवराज श्रमीक हुन् । घर वनाउने काम गर्ने तामाङ्गको नाम राहत पाउनु पर्ने लिष्टमा नभएपछि उनी राहात दिलाइदिन आग्रह गर्दै स्थानिय जनकल्याण स्कुलमा पुगेका थिए । सोमवार वडा कार्यालयले उपलव्ध गराएको राहत बाडिएपछि केहि राहतका पोका बाँकी रहेको थियो । सोहि राहातलाई स्थानिय जो व्याक्तीले राहत पाउनु पर्ने हो तर नपाएका भए वितरण गर्न पुर्ण वहादुर राई लगायतका युवाले आग्रह गरे । राहत नसकिएकाले त्यहा भएको राहत अन्यतिर लग्नु भन्दा त्यहा रहेकालाई वाड्न केहि युवाले आग्रह गरे तर वडाअध्यक्ष गोविन्द वहादुर भण्डारीले बाँकी रहेको राहतको जिम्मा आफ्नो भएको र त्यो नबाड्ने अडान लिए ।

घटना त्यतीमै सकिएन वडा अध्यक्ष भण्डारीले प्रहरी बोलाए अनि ५ जनालाई प्रहरीले नियन्त्रणमा लियो । राहत वितरणमा सहयोग गर्न गएका र राहत पाइन्छ कि भन्ने आशले पुगेका ५ जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखीयो । साँझतिर प्रहरी नियन्त्रणमा लिइएका ५ जनालाई राती १० बजे इलाका प्रहरी कार्यालयमा ल्याइयो ‘राती भोकै बसियो विहान मात्र चिया पाइयो’ तामाङ्गले भने ‘राहात नै माग्न गएको हुँ अपराधी जस्तै व्यावहार अध्यक्षले गर्नु भयो वडा अध्यक्षले दादागिरी देखाउनु भयो र आफ्नै वडाका जनतालालई प्रहरी खोरमा पठाउनुभयो ।’
पिडीत भएका पुर्णवहादुर राईले भने वडा अध्यक्षले मनोमानी रुपमा राहत बाँडेको र श्रम गरि खानेलाई पनि राहत वड्नु पर्ने माग राख्दै गर्दा प्रहरी वोलाएर थुनाएको वताए । ‘खै के कारण वहाँले यस्तो गर्नु भयो त्यो वारेमा वडा अध्यक्षले जवाफ दिनु पर्छ ।’ राहतका लागि ३ वटा केन्द्रमा बुझ्दा पनि राहत नपाएपछि अन्त्यमा राहत पाउनुपर्छ भनेर अडान लिएको उनिहरुले बताए ।

इलाका प्रहरी कार्यालयमा मंगलवार विहान पथरी शनिश्चरे नगरका प्रमुख दिलिप कुमार राई, नेकपा पथरी शनिश्चरे इन्चार्ज दिननाथ तिम्सिना लगायत पुगेर पक्राउ गरिएका युवालाई रोहवारमा छुटाइएको छ । वडा अध्यक्ष भण्डारीले ति युवालाई वुझेका थिए ।

प्रहरी लगाएर युवा पक्राउ गराइएपछि वडामा वडा अध्यक्ष भण्डारीको चर्काे विरोध भएको थियो । भण्डारीले भने मादक पदार्थ सेवन गरेर आएका युवाले राहत कार्य भाँड्न खोजेकाले प्रहरीको जिम्मा लगाएको बताएका छन् । बेलुका देखि केही नखाइ रात कटाएका उनिहरुले बिहान भोक लाग्यो भनेपछि नगर प्रमुखले इलाका परिसरमा रहेको होटलमा खाजा ख्याएर घर पठाएको पिढितहरुले बताएका छन् ।

सम्बन्धित खवर