व्यापारीहरु भन्छन् “कोरोनाको जोखिम मोलेर व्यापार गर्दै छौँ”

व्यापारीहरु भन्छन् “कोरोनाको जोखिम मोलेर व्यापार गर्दै छौँ”
मंगलबार रतुवामाईको दाम्राभिट्टा बजारमा देखिएको भिड /तस्विर : प्रबेश बिष्ट

मंगलबार विहान मोरङको रतुवामाई नगरपालिकास्थित दाम्राभिट्टा बजारमा भिड बढ्दै गयो । लकडाउनले गर्दा जीवनयापनमा कठिनाई आएपछि टाढाटाढाबाट पनि तरकारी किन्न मानिसहरु दाम्राभिट्टा आइरहेका थिए ।

कोरोना भाईरसले विश्वलाई नै आक्रान्त बनाइरहेको बेला नेपालमा पनि यसको संक्रमण थप फैलन नदिनका लागि लकडाउन गरिएको छ । सडक, बजार, मठमन्दिर सबै सुनसान छन् । तर मंगलबार बिहान ५ बजेदेखि नै दाम्राभिट्टा अस्तव्यस्त देखियो । मानिसहरुको भिडभाड बढ्दो स्थितिमा थियो ।

सर्वसाधरणहरु एक केजी तरकारी किन्नका लागि भए पनि टाढाटाढाबाट धाइरहेका थिए । कोही तरकारी किन्दैथे त कोही हातमा तरकारीको झोला बोकेर घर फर्कदैँ । व्यापारीहरु भनेतरकारी बेच्न व्यस्त थिए । तीमध्ये कसैले आफ्नो सबै तरकारी बेचिसक्न लागेका त कोही व्यापारी भर्खर सुरु गर्न लागेका ।

बजारमा तरकारी किन्न दुरी राखेर पालैपालो व्यवस्था गर्नु पर्ने भए पनि यहाँ भिडभाड कायमै थियो । मानिसहरु तरकारी किन्न तछाड – मछाड गरिरहेका थिए । धरै दिन पछि यस्तो मानिसहरुको चहलपहल भएर पनि होला त्याहाँ आज रमित लाग्दो थियो ।

नगरपालिकाले एक व्यक्ति र अर्का व्यक्तिबीचको सामाजिक दुरी २ मिटरको हुनुपर्ने भनेर तोके पनि मानिसहरुले यसको पालना गरेका छैनन् ।

यसै प्रसंगमा एक व्यापारीले ग्राहकहरुले गर्दा हामी व्यापारीलाई नै त्रसित बनाएको बताउनुभयो । उहाँले स्थानीय सरकार समक्ष बजारमा दुरी कायम गर्ने, सेनिटाइजर उपलब्ध गराउने र सामान किन्न आउनेहरुका लागि साबुन पानीको व्यवस्था मिलाउन माग समेत गर्नुभयो । व्यवसायीहरुले नगरका सबै बजारहरुमा सावधानी अपनाउनुपर्ने बताएका छन् ।

सम्बन्धित खवर