राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप, वडाध्यक्ष सहित ८ जना घाइते

राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप, वडाध्यक्ष सहित ८ जना घाइते

राजेन्द्र महतो, लहान

सिरहाको मिर्चैया नगर पालिका २ मल्हनियामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच झडप हुदा वडा अध्यक्ष सहित ८ जना घाइते भएका छन्। सोमबार मेयर श्रवण यादव पक्ष र तत्कालिन एमाले पक्ष अमोद यादव बीच झडप हुदा ८ जना घाइते भएका हुन् ।

घाईते हुनेमा तत्कालिन एमालेका अमोद यादव सहित सोही पक्ष का ४ जना, यस्तै वडा २ का वडाध्यक्ष लक्ष्मेश्वर कापरसहित त्यस पक्षका दुईजना घाइते भएका छ्न्। घाइते मध्ये ६ जनाको मिर्चैयास्थित एक अस्पतालमा उपचार भइरहेको छ भने २ जना बिराटनगर रेफर भएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित वडा २ र ३ का दलित परिवारहरुलाई केहि दिनअघि अमोद यादवले राहत वितरण गर्न लाग्दा मेयरले रोकेका थिए । दुवै पक्षविच आईतवार समान्य विवादको रुप लियो तर मेयर पक्षले त्यहाँबाट गए सकेपछि प्रदेश सांसद दिलीप साह, तत्कालिन एमालेबाट मेयरका प्रत्यासी प्रदीप महासेठ र आमोद लगायतले राहत वितरण गरेका थिए ।

 

सोमबार मेयर यादव र वडाध्यक्ष सहितको टोली पनि त्यहाँ राहत वितरण गर्न जाँदा दुबै पक्षबीच विवाद भएपछि दोहरो झडपमा भएको हो ।

यता, घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले सामान्य झडप भएको बताएका छ्न्।
सोही विषयमा नगर प्रमुखसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

सम्बन्धित खवर