उर्लाबारी वडा नं. ४ ले एकसय घरपरिवारलाई राहत दियो

उर्लाबारी वडा नं. ४ ले एकसय घरपरिवारलाई राहत दियो

तिलक नेपाली (बर्देवा), उर्लाबारी

मोरङको उर्लाबारी वडा नं. ४ मा सर्वदलीय उपस्थिीतिमा राहत वितरण गरिएको छ । वडाले सोमबार १ सय घरपरिवारलाई राहत बितरण गरेको हो ।

वडास्तरिय सर्वदलीय समिति तथा वडाका जनप्रतिनिधिको सयुक्त टोलिले वडाका विभिन्न टोलहरुमा पुगेर गरिब, अतिविपन्न र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरेको हो । पहिलो प्राथमिकतामा परेका २ सय ५६ परिवारको स्थलगत अध्यन तथा अनुगमन गरि राहतको लागि नगरपालिकालाई सिफारिस गरिएको थियो । वडाले गरेको सिफारिसका आधारमा राहत बितरण गरिएको वडा सदस्य कल्याण राईले बताउनुभयो ।

सिफारिस गरिएका घरमध्ये अहिले १ सय घरपरिवारलाई मात्रै नगरपालिकाबाट राहात पठाइएइकाले उनिहरुलाई मात्रै वितरण गरिएको हो । परिवार संख्याका आधारमा चामल, तेल, दाल, नुन लगायतका खाधान्न सामग्री र हात धुनका लागि साबुन बितरण गरिएको वडाअध्यक्ष लक्ष्मिनारायण धिमालले बताउनुभयो ।

वडामा छुटेका घरपरिवारको नामवली संकलन भईरहेको हुदा सर्वदलीय समितिले स्थलगत अनुगमन गरि नगरपालिकालाई सिफारिस गर्ने छ । नगरले राहत पठाएपछि पूनः राहत वितरण गरिने धिमालले जानकारी दिनुभयो । सर्वदलीय समितिले अहोरात्र काम गरिएको हुदा धन्यवाद व्यक्त गर्दे अध्यक्ष धिमालले सबै वडाबासीलाई घर घरमा सुरक्षित रुपमा रहन पनि अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर