रंगेलीमा २५ बेडको क्वारेनटाइन तयार

रंगेलीमा २५ बेडको क्वारेनटाइन तयार

रबिन्द्र बराल, रंगेली
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मोरङको रंगेली नगरपालिकाले २५ बेडको क्वारेनटाइन तयार गरेको छ । कोरोना भाईरस नेपालमा दोस्रो चरणमा प्रबेश गरेपछि नगरपालिकाले २५ बेड को क्वारेन्टाइन स्थापना गरेको हो ।

रंगेली नगरपालिका ७ मा रहेको जनता क्याम्पसको भवनमा २० बेड र रंगेली अस्पतालमा ५ बेडको क्वारेन्टाइन स्थापना गरिएको नगरप्रमुख दिलिप बगडियाले बताए । भारत तथा बिदेशबाट आएका जो कोहिलाई १४ दिन सम्मको लगि क्वारेन्टाइनमा राख्नका लागि स्थापना गरिएको बताए । केही दिनअघि रंगेली अस्पतालमा भारतको दिल्लीबाट आएका सुनवर्षी नगरपालिकाका ३ जनालाई रंगेली अस्पतालमा रहेको क्वारेन्टाइनमा १४ दिनका लागि राखिएको छ ।

नगरपालिकाले उनिहरुका लागि निशुल्क खानाको सेमत ब्यवस्थापन गरेको छ । जनता क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा २४ घन्टा अहेव डाक्टर सहितको टिम रहेको छ । शान्ति सुरक्षाको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्वारेन्टाइनमा रहेका बिरामीहरुको निगरानी गर्ने पनि बगडियाले बताए ।

सम्बन्धित खवर