प्यावसन र आइएसर्ओ रतुवामाई नगरसमितिद्वारा नगरपालिकालाई सहयोग

प्यावसन र आइएसर्ओ रतुवामाई नगरसमितिद्वारा नगरपालिकालाई सहयोग

 

चैत २३, इटहरा : मोरङको रतुवामाई नगरपालिकालाई निजी तथा आवसीय विद्यालयहरुको संगठन प्यावसन र आईएसओ) नगर समितिले संयुक्तरुपमा ६५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।

नगरपालिकाभित्र रहेका १७ वटा संस्थागत विद्यालयहरुको सहयोगमा उक्त रकम नगरपालिकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम विपद् कोषमा जम्मा गरिएको प्यावसन रतुवामाई नगरसमितिका अध्यक्ष विश्वास ढकालले जानकारी दिनुभयो ।

ढकालका अनुसार सहयोग गरिएको रकम नगरपालिकको कोरोना भाईरस संक्रमण रोकथाम विपद् कोषमार्फत अत्यावश्यक कामका लागि खर्च गर्ने उहाँले बताउनुभयो ।

कोरोना भाईरसबाट विश्व नै आक्रान्त भईरहेको बेला नेपालमा यसको संक्रमण देखिएपछि नेपाल सरकारले पनि यसको सम्भावित रोकथाम र नियन्त्रणका लागि लकडाउन घोषणा गरेको हो ।

लकडाउनका कारण रतुवामाईमा पनि यसको प्रत्यक्ष प्रभाव परेकाले समितिले विपन्न वर्गमा राहत वितरण, बिरामीको उपचार र प्रतिरक्षाका लागि नगरपालिकालाई उक्त रकम सहयोग गरेको आईएसओ रतुवामाई नगरसमितिका सचिव विरेन्द्र खतिवडाले जानकारी दिनुभयो । विशेषगरी विपन्न वर्गका नगरबासीका लागि मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक सामाग्रीको व्यवस्था गरोस् भनेर आफुले नगरलाई आर्थिक सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।

सम्बन्धित खवर