पथरी शनिश्चरेमा भोली देखि राहत बाढिने, समितिमा आजै २ जना मनोनित

पथरी शनिश्चरेमा भोली देखि राहत बाढिने, समितिमा आजै २ जना मनोनित

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाले बन्द (लकडाउन) का कारण बढी समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्नेका लागि भोलीबाट खाद्यान्न राहत वितरणको तयारी गरेको छ ।

प्रत्येक वडाबाट दैनिक ज्यालादारी गर्ने मजदुरको संख्या आइसकेको र चामल सहितका खाद्यान्नको व्यवस्थापन भइरहेको राहत व्यवस्थापन तथा वितरण समिति संयोजक नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले जनाउनु भयो । भोली विहानै बैठक बसेर कुन वडाबाट वितरण थाल्ने भन्ने कुराको टुंगो लाग्ने उहाँले बताउनु भयो । राहत द्रुतगतिमा सवै वडाहरुमा वितरण गरिने छ ।

नगर प्रमुख दिलीपकुमार राईको संयोजकत्वमा सर्वपक्षीय रुपमा बनेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ ले राहत व्यवस्थापन र वितरण समिति र वडा तहका समितिमार्फत वडा वडामा राहत वितरण थाल्ने भएको हो ।
नगरको राहत कोष तथा ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद र वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरुबाट वितरण गरिने छ । पूर्ण सावधानीका साथ भीडभाड नगरी सामाजिक दुरी कायम गरेर वितरण गरिने छ ।

यस्तै नगरस्तरीय ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ मा नगरबाट राष्ट्यि मान्यताप्राप्त २ दलका प्रतिनिधि पनि आज मनोनित गरिएको छ ।

समितिको बैठकले यस अघि नै दलका प्रतिनिधि मनोनित गर्ने निर्णय गरेपनि आज नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) बाट दिननाथ तिम्सिना र नेपाली कांग्रेसबाट इश्वर थापाको नामलाई अनुमोदन गरिएको छ ।

नगर प्रमुख दिलीपकुमार राई संयोजक तथा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलीपकुमार गिरी र नगरपालिका कर्मचारी लुकनाथ पोखरेलाई सदस्य रहनु भएको छ ।

नगरस्तरीय राहत व्यवस्थापन तथा वितरण समितिमा पनि २ जना मनोनित हुनु भएको छ । जसमा नेकपाबाट चन्द्रकुमार राई र नेपाली कांग्रेसबाट दुर्गाप्रसाद भट्टराई रहनु भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा यसअघि बनेको ५ सदस्यीय समिति अव ७ सदस्यीय बनेको छ । समितिका अन्य सदस्यहरुमा, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत रहनु भएको छ । प्रत्येक वडामा पनि वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत समिति गठन गरिएको छ ।

सम्बन्धित खवर