सरकारले लकडाउनलाई थप कडाइ बनाउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रि परिषदको बैठकले अत्यावश्यक काम बाहेक एउटा पालिकाबाट अर्कोमा, एक जिल्लाबाट अर्कोमा र एक प्रदेशबाट अर्को प्रदेशमा जान नपाउने निर्णय गरेको हो ।
सरकारले गरेको निर्णयलाई पालना गर्न पनि स्थानिय तहहरुलाई आग्रह गरिएको अर्थ तथा सूचना प्रविधि मन्त्रि डा. युवराज खतिवडाले बताउनुभयो । खतिवडाले भन्नुभयो ‘यसको कडाइका साथ लागु गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।’
सरकारले स्वास्थ्यकर्मीको सुरक्षा खलबलयाउने व्यक्तिलाई कानुन अनुसार कडा कार्वाही गरिने पनि बताउनुभयो । कैलाली, कञ्चनपुर र बागलुङमा ¥यापिड डायग्नोसिस टेष्ट गरिने पनि खतिवडाले जानकारी दिनुभयो । सरकारले आजको बैठकमा लकडाउन थाप्ने विषयमा कुनै पनि निर्णय गरेको छैन् । आगामी बैठकले लकडाउन थप्ने नथप्ने भन्ने निर्णय गर्ने सरकारका प्रवक्ता समेत रहनु भएका डा. खतिवडाले बताउनुभयो ।