नेबिसंघ उर्लाबारी बहुमुखी क्याम्पस इकाइका सभापति सुजित जैस्वालले दुखका साथ डेरामा बसेर उक्त क्याम्पसमा अध्ययन गरिरहेका विधार्थीहरुलाई खाद्यान्न सहयोग गर्ने हुनु भएको छ ।
कोरोना संक्रमण फैलिन नदिन सरकरले अचानक लकडाउन गरेपछि समस्यामा विद्यार्थीहरुलाई सहयोग गर्न म र मेरो टिम लागेको सुजित जैस्वालले बताउनुभयो ।
उर्लाबारी नगरपालिका सङ आवश्यक समन्वय तथा अनुमति लिई उर्लाबारीमा उक्त क्याम्पसमा अध्ययनका लागि उर्लाबारी बाहिरबाट आएर डेरामा बसी अध्ययनरत विद्यार्थीलाई डेरामै खाद्यान्न वितरण गरिने उर्लाबारि बहुमुखी क्याम्पसका नेविसंघका इकाई सभापति जैस्वालले बताउनुभयो । यस क्याम्पसमा मोरङ लगायत पुर्बको ताप्लेजुङ,ईलाम ,भोजपुर ,खोटाङ धनकुटा ,भोजपुर ,झापा लगायत विभिन्न जिल्ला बाट आइ कोठा भाडामा लिई यस क्यापसमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, यो पिडा र महामारीको समयमा आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने र घरधनीसंग भाडा छुटकालागि समेत पहल गर्छौं। संकटको बेलामा सबैजनाले सहयोग गर्नुहुन्छ भन्ने आशा छ।’
लकडाउन लम्बिएको र विद्यार्थीबाट खाद्यान्न अभाव भएको जानकारी पाएपछि विद्यार्थीहरूलाई आफू बसेकै स्थानमा चामल, तेल, दाल,नुन, दैनिक प्रयोग गरिने औषधी, ग्यास लगायत अत्यावश्यक खाद्य सामाग्रीहरू राहत स्वरूप तत्काल उपलब्ध गराउन लागेको जैस्वालको भनाई छ ।
उहाँले भननुभयो, ‘राहत आवस्यक पर्ने केहि बिद्यार्थी साथीहरु सम्पर्कमा आउनु भएको छ। उहाँहरुलाई प्रतिव्यक्ति दश किलो चामल, दुई किलो दाल,एक पोका तेल र एक किलो नुन दिने तयारी गरेका छौं।’
घर फर्किन नपाएर अफ्ठ्यारोमा परेका विद्यार्थीहरुलाई सामाजिक सञ्जाल तथा टेलिफोन गरेर सम्पर्कमा आउन आग्रह गरेका छन्।