लक डाउनमा मौका छोपी लागु औषध कारोबार : दुई व्यक्ति पक्राउ

लक डाउनमा मौका छोपी लागु औषध कारोबार : दुई व्यक्ति पक्राउ

राजेन्द्र महतो
चैत २१ लहान  : कोरोना भाईरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको बेला सिरहाको भित्रीबाटो प्रयोग गरी लागुऔषधको कारोबार गर्ने दुई कारोबारीलाई लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बेलहाबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका–१२ सारस्वर चेकजाँच गर्ने त्रुममा पक्राउ गरेको हो । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ का मोहमद हयब खानको छोरा ३२ बर्षीय लालु खान र मिर्चैया नगरपालिका– ५ जिवाटोलका देवु पासवानको छोरा २९ वर्षीय उचित भनिने नागेन्द्र पासवान रहेका छन् । स.३ प. ३४५६ नं को मोटरसाइकलको सिटको बीचभागमा लुकाइएको झोलामा डाइलेक्स डिसी १०० एमएलको ४६ बोतल सहितप्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीलाई देखेपछि भाग्ने क्रममा उनीहरु सवार मोटरसाईकल सारस्वर–गुलरिया सडक खण्डमा दुर्घटना हुँदा प्रहरीले पक्राउ गरेको हो।

दुर्घटनामा समान्य घाईते खानलाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। अर्का पासमानलाई हात, टाउको र छातीमा चोट लागेपछि थप उपचारको लागि पासवानको आमा जमुनिया देवी पासवानलाई जिम्मा लगाई विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन बन्देज भएपनि मोटरसाईकलमा लागुऔषध सहित तस्करी गर्दै गर्दा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।

सम्बन्धित खवर