पथरीमा छुरा प्रहार, घाइतेको नेवेेलमा उपचार हुँदै

पथरीमा छुरा प्रहार, घाइतेको नेवेेलमा उपचार हुँदै

पथरी, मोरङको पथरी बजारमा छुरा प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । पथरी शनिश्चरे १ का ६५ वर्षीय दिलीप तामाङलाई शुक्रबार साँझ छुरा प्रहार भएकाे हाे ।

तामाङलाई सामान्य विवादमा सोही ठाउँका विजय लिम्बुले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयाे ।

गिरिका अनुसार साँझ तामाङसँग लिम्बुले विवाद गरेको र विवादले उग्र रूप लिएपछि लिम्बुले छुरा प्रहार गरेका हुन् । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको गिरिले जानकारी दिनुभयाे । घाइते तामाङको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर