प्रहरीको ज्यादती, १४ वर्षका बालकलाई घरबाट तानेर बर्सायाे लाठि

प्रहरीको ज्यादती, १४ वर्षका बालकलाई घरबाट तानेर बर्सायाे लाठि

पथरी, माेरङ पथरी शनिश्चरेमा प्रहरीको ज्यादती बढेकाे छ । शुक्रबार वडा नं ५ का राेहन शाहलाई प्रहरीले घरबाटै घिसारेर लाठि बर्साएकाे हाे ।

शुक्रबार लाग्ने हसन्दह बजारमा लकडाउन उल्लघन गर्नेहरुलाई हटाउन पुगेकाे कुशेचाैरी प्रहरी चाैकिका असहि हरिलाल राजवंशीकाे टाेलिले लाठि बर्षाएकाे पिडितका बाबू बिरेन्द्र शाले बताउनु भयाे । घरमाथि बसेर इन्टरनेट चलाइ रहेका शाहलाई भिडियो खिचेको भन्दै घरमाथिबाट झारेर पाइपकाे लाठि बर्साउदै ५ सय पटक उठबस गर्न लगाएकाे शाहले बताउनुभयो । करिब १ सय पटक उठबस गरेपछि उठबस गर्न नसकेकाे भन्दै फेरि लाठि बर्साएका थिए ।

सबैले घेरेर के गरेकाे भनेर साेध्दा किन भिडियो खिचेको भन्दै प्रहरी साइट लागेको शाहले बताउनुभयाे । राेहन हाल पथरीकाे माेरङ हस्पिटल प्रालिमा उपचाररत छन् । उनकाे अवस्था हाल सामान्य रहेकाे छ ।

यता निज हरिलाल राजवंशीलाई साेद्धा लकडाउन उल्लगन गर्नेलाई हटाउदा भिडियाे खिचेकाले, भिडियो नखिच्न भन्दै सम्झाएकाे बताए । निज राजवंशीले उठबस गर्न लगाएकाे स्वीकार गरेकाले बिभागीय कार्वाहीका लागि सिफारिस गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) दिलिप कुमार गिररीले बताउनुभयो । गिरीले हस्पिटलमा अाएर बिरामी राेहनकाे अवस्था समेत बुझ्नु भएकाे छ ।

सम्बन्धित खवर