उदयपुरका ६२ जना क्वारेनटाइनमा

उदयपुरका ६२ जना क्वारेनटाइनमा

उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ६२ पुगेको छ ।

त्रियुगा नगरपालिकाद्वारा निर्मित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा आठ जना, नेपाली सेनाको शार्दुल गण बोलस्रोत व्यारेकमा चार महिला सहित २६ जना र लिम्चुङबुङ गाउँपालिकाको शिरवानी माध्यमिक विद्यालय बाराहामा चार महिला र आठ पुरुष गरी १२ जना र रौतामाई गाउँपालिका मुर्कुचीको स्वास्थ्यचौकीमा रहेको क्वारेन्टाइनमा सात, बेलका नगरपालिकामा ९ जना गरी ६२ जना पुगेको छ । भने कटारी अस्पतालको आइसोलेशन वार्डमा रहेका ताप्ली गाँउपालिका ४ ठानागाउँ घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती गत शनिबार विहान भागेका हुन् । उनले आइसोलेसन बेडमा झोला र मोबाइल छोडेर भागेका हुन् ।

सम्बन्धित खवर