चैत २१, पथरी : कोरोना भाईरसबाट अहिले विश्व नै आतंकित बनिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको यसको संक्रमण अहिले २ सय ४ देशमा फैलिसकेको छ ।
नेपाल सरकारले पनि कोरोना भाईरसको सम्भावित रोकथामका लागि देशभर लक डाउन घोषणा गरेको छ । सरकारले अत्यावश्यकको काम बाहेक बाहिर निस्कन पूर्ण रोक लागाएको छ । लक डाउन लगाएसँगै देश नै सुनसान बनेको छ ।
त्यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका पनि यतिबेला सुनसान र शान्त छ । पथरीबासीले सरकारको निर्देशनको पूर्णपालना गर्दै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।
सरकारले लगाएको लक डाउनको ११ औँ दिन शुक्रबार पनि पथरीका सडक तथा बजार क्षेत्र सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने नगरपालिकाको निर्देशन बमोजिम तोकिएको समयमा मात्र खुल्ने गरेका छन् ।
लक डाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने सवारी साधन चलाउनेलाई लकडाउनको कार्यान्वयन गराउन खटाईएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने गरेको छ ।