पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन् ः प्रवक्ता देवकोटा

पोखरामा कोरोना पोजेटिभ भेटिएको छैन् ः प्रवक्ता देवकोटा

पोखरामा कुनैपनि कोरोना पोजेटिभ नभएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल सम्म पोखरामा कोरोना पोजटिभ नभेटिएको स्पष्ट पार्नुभएको हो ।

पोखरामा भर्खरै ल्इाव स्थापना गरेकाले बैधताका विषयमा पनि सोच्नुपर्ने देवकोटाको भनाइ थियो । कसनैपनि केस शंकास्पद भएमा दोहो¥याएर परीक्षण गरिने पनि देवकोटाले बताउनुभयो ।

प्रवक्ता देवकोटाले पोखराको सन्दर्भमा दिएको प्रतिक्रिया उनकै शब्दमा यस्तो छ :

यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।
मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो ।

यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि ९पुनपरीक्षण० गर्नुपर्ने हुन्छ ।

त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ ।

यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ ।
यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।

अनलाइन खबरको सहयोगमा सम्पादित

सम्बन्धित खवर