नेपाल कोरोना संक्रमितको संख्या ७ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ७ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाका सातौं संक्रमित भेटिएका हुन्।

ती व्यक्ति भारतबाट आएको खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड १९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो। गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङका अनुसार पोखराको ल्याब पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइँदैछ।

चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीन पटक गरिन्छ । पहिलो पटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।यसअघि बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्। उनी कतार एयरवेजको जहाजबाट गत चैत ४ मा दोहाबाट काठमाडौं आएकी थिइन्। कतारको एउटै उडानबाट नेपाल आएका तीनजनालाई कोरोना देखिइसकेको छ। उनी कतारको दोहाबाट भने कतार एयरवेजको क्युआर ६५२ नम्बरको उडानबाट काठमाडौं अवतरण भएकी उनको अहिले धौलागिरी अञ्चल अस्पतालमा उपचार हुँदैछ।

त्यसअघि फ्रान्सबाट दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट त्यही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा कोरोना पोजेटिभ पाइएको थियो। त्यसअघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई कोरोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। दुबईबाट धादिङ आएका ३२ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको थियो। अहिले उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

सिधाकुराबाट

सम्बन्धित खवर